ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रपति भण्डारी आज तीन दिने सुदूरपश्चिम प्रदेशको भ्रमणका लागि धनगढी जाँदै


एबीसी न्यूज
१४ फाल्गुन २०७६, बुधबार   ८ : ३७   बजे

 


काठमाडौं, १४  फागुन। राष्ट्रपति विद्यादेवी भण्डारीले आज (बुधबार) बाट तीन दिने सुदूरपश्चिम प्रदेशको भ्रमण गर्नुहुने छ । सुदूरपश्चिम प्रदेश भ्रमणको क्रममा राष्ट्रपति भण्डारी आज कैलालीको धनगढी जाने कार्यक्रम रहेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

धनगढीमा राष्ट्रपति भण्डारीले विश्व नेपाली साहित्य महोत्सवको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ भने आजै खाना महोत्सवको पनि उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । सुदूर पश्चिमाञ्चल साहित्य समाजको आयोजनामा सञ्चालन हुने महोत्सव एक सातासम्म जारी रहने छ । मध्यान्ह १२ बजे राष्ट्रपति भण्डारीले महोत्सवको उद्घाटन गर्ने सुदूरपश्चिमाञ्चल साहित्य समाजका अध्यक्ष रामलाल जोशीले जानकारी दिनुभयो ।

आजै दिउँसो २ बजे धनगढीमा रहेको शिवनगर खाने पानी आयोजनाको निरीक्षण गर्ने कार्यक्रम रहेको छ । फागुन १६ गतेसम्म सुदूरपश्चिममा रहने कार्यक्रम अन्तर्गत राष्ट्रपति भण्डारी १५ गते दार्चुला र बैतडी जाने कार्यक्रम तय भएको छ ।

दार्चुलास्थित मालिकार्जुनको दर्शन, मालिकार्जुन माविको निरीक्षण, बैतडीको त्रिपुरा सुन्दरी भगवतीको दर्शन, बैतडीको पाटनमा रहेको प्राविधिक शिक्षालयको भवन उद्घाटन गर्ने कार्यक्रम छ । यस्तै १६ गते डडेल्धुरास्थित उग्रतारा मन्दिरको दर्शन र कञ्चनपुरमा आयोजित शुक्लाफाँटा महोत्सवमा सहभागी हुने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एमाले केन्द्रीय कमिटी बैठक असोज ५ देखि ७ गतेसम्म बस्ने

जलविद्युत् आयोजनाका सुरुङमा उद्धार प्रयास जारी, सोमबार पनि ठोस उपलब्धि हुन सकेन

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu