ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल ट्रष्टले सम्पत्ति व्यवस्थापन सम्बन्धी तथ्य विवरण सार्वजनिक कहाँ कहाँ छ नेपाल सरकारको जग्गा (भिडियोसहित)


एबीसी न्यूज
१४ फाल्गुन २०७६, बुधबार   १० : ०४   बजे

नेपाल ट्रष्टले सम्पत्ति व्यवस्थापन सम्बन्धी तथ्य विवरण सार्वजनिक गरेको छ । बुधबार ट्रष्टका अध्यक्ष तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले ट्रष्टको सम्पत्ति विवरण सार्वजनिक गर्नुभएको हो । भएको सम्पत्तिको सम्पति अभिवृद्धि गर्न लागेको र ट्रष्टको लालपुर्जा भएको जग्गा कसैले उपभोग गरिरहेको छ भने फिर्ता गर्ने उहाँको भनाई छ । ट्रष्टको लगानी शिक्षा, स्वास्थ्य र पर्यटनको क्षेत्रमा लगाइने उहाँले बताउनुभयो ।
एकपछि अर्को गर्दै नेपाल ट्रष्टको नाममा रहेको जग्गा विभिन्न व्यापारिक समुह तथा घरानालाई भाडा वा लिजमा दिन थालेपछि सरकारमाथि प्रश्न उठ्दै आइरहेको छ ।

खासगरी २०५८ जेठ १९ गते राजदरबार हत्याकाण्डमा तत्कालिन राजा वीरेन्द्रको वंश नाश भएपछिको उहाँको तथा उहाँको परिवारको नाममा रहेको सम्पति संरक्षण गर्न नेपाल ट्रष्ट ऐन, २०६४ र नेपाल ट्रष्ट नियमावली, २०६५ मार्फत ट्रष्ट सञ्चालन हुँदै आएको छ ।
पूर्वमा धनकुटादेखि पश्चिममा सुर्खेतसम्म १२ जिल्लामा ट्रष्टको अचल सम्पत्ति रहेको छ ।

तर सरकारले काठमाडौँको मुटुमा रहेको विभिन्न जग्गा जमिनहरु विभिन्न कम्पनी, व्यापारिक समुह तथा व्यापारिक घरानालाई भाडा वा लिजमा दिएपछि आलोचित हुँदै आएको छ भने त्यसको प्रतिफल जनताले बुझ्नेगरी ट्रष्टले देखाउन सकेको छैन । जमीन लिजमा दिनुको फल के प्राप्त भइरहेको छ भन्ने पनि ट्रष्टले देखाउन नसक्दा उसको औचित्यमाथि नै प्रश्न उठ्न थालेको हो । पछिल्लो समय गोकर्ण स्थित जंगल रहेको तारे होटलको लिज अवधी थप्ने लगायतको निर्णयमा सरकार विवादित बन्दै गइरहेको छ ।

प्रमुख प्रतिपक्षी लगायतका दलहरुले संसदमा बोल्दै सरकारको नियतमाथि नै शंका गरेका छन् । यस सन्दर्भमा सरकारले भने आफ्नो बचाउ गर्दै आएको छ । तर गोकर्ण रिर्सोट लिजको म्याद थप विधिविधान अनुरुप नियमसंगत ढंगले गरेको सरकारको भनाई छ । चौतर्फी आंशका बढ्न थालेपछि मंगलबार नेपाल ट्रष्टले सम्पत्ति व्यवस्थापन सम्बन्धी तथ्य विवरण सार्वजनिक गरेको छ । नेपाल ट्रष्ट सञ्चालक समितिका अध्यक्ष तथा सरकारका उप–प्रधानमन्त्री ईश्वर पोखरेलले ट्रष्टको सम्पति विवरण सार्वजनिक गर्नुभएको हो । तथ्य विवरण सार्वजनिक गर्दै अध्यक्ष पोखरेलले ट्रष्ट मातहतको सम्पत्ति सरकारले अहिले मात्रै भाडामा दिएको नभई पहिलेदेखि नै भाडामा दिईदै आएको बताउनुभयो । उहाँले ट्रष्टको सम्पत्ति अभिवृद्धिको लागि विभिन्न ठाउँका जग्गा भाडामा लगाइएको जानकारी गराउनुभयो ।

नेपाल ट्रष्टको मातहतमा आउनुपर्ने कयौँ जग्गाजमिन र सम्पत्ति अझै पनि ट्रष्ट बाहिरै रहेको भनेर बेला बेलामा आवाज उठ्ने गरेको छ । ट्रष्ट मातहतको सम्पत्ति खोजी भइरहेको पनि ट्रष्ट बताउँछ । हालसम्म देशभरका १२ जिल्लामा २१ हजार ५ सय ६२ रोपनी ४ आना २ पैसा १ दाम जग्गा नेपाल ट्रष्टको नाममा रहेको ट्रष्टले बताएको छ । चल सम्पत्तितर्फ भने ७८ करोड ९ लाख ७७ हजार ७ सय ९३ रुपैँया ३ पैसा, १ लाख ४८ हजार ५ सय ८१ अमेरिकी डलर, ५० हजार १ सय २४ ब्रिटिस पाउन्ड स्टर्लिङ रहेको छ । त्यसैगरी नबिल बैंकको शेयर ५ लाख ३३ हजार २ सय ४४ कित्ता, होटल डेल अन्नपूर्णको ३० हजार ७२० कित्ता र नेपाल औद्योगिक निगमको ६ हजार ७५० कित्ता शेयर नेपाल ट्रष्टको स्वामित्वमा रहेको छ । ट्रष्टको नाममा ल्याउनुपर्ने मातातीर्थ लगायतका जग्गा ल्याउने प्रयास भइरहेको ट्रष्टका अध्यक्ष पोखरेलले जानकारी दिनुभयो ।

ट्रष्टको सम्पतिको सहि सदुपयोग नभएको आम गुनासो हिजो पनि थियो, आज पनि छ । आज झन बढेर गइरहेको छ । सरकारले यसतर्फ ध्यान पु¥याउन सकेको छैन । तर आगामी दिनमा शिक्षा, स्वास्थ्य, पर्यटनको क्षेत्रमा ट्रष्टको सम्पत्ति लगानी गर्ने योजना रहेको अध्यक्ष पोखरेलको भनाइ छ ।

नेपाल ट्रष्टको सम्पूर्ण सम्पति कति हो अझै खोजिनिति आवश्यक छ । सहि सदुपयोग पनि आवश्यक छ । ट्रष्टको सम्पत्ति कुनै राजनीतिक दलका नेता तथा व्यापारिक घरानाको स्वार्थमा जसलाई पायो त्यसलाई भाडा वा लिजमा दिने पनि होइन । आवश्यकता र औचित्य हेरिनुपर्छ । भाडा वा लिजमा लगाउनुको प्रतिफल जनताले के पाएका छन् भन्ने खोजिनिति पनि आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एमाले केन्द्रीय कमिटी बैठक असोज ५ देखि ७ गतेसम्म बस्ने

जलविद्युत् आयोजनाका सुरुङमा उद्धार प्रयास जारी, सोमबार पनि ठोस उपलब्धि हुन सकेन

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu