ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

परीक्षाको समयमा मात्रै उत्तीर्ण हुने मनोविज्ञान विद्यार्थीमा अझैसम्म हट्न सकेन (भिडियोसहित)


एबीसी न्यूज
१४ फाल्गुन २०७६, बुधबार   ११ : ०८   बजे

काठमाडौं, १४ फागुन ।  समयको मागअनुसार आधारभूतदेखि स्नातकोत्तर तथा यसभन्दा उच्च तहका पाठ्यक्रमहरु पनि परिमार्जन एवम् विकसित हुनुपर्छ । विद्यार्थीहरुमा भने विषयगत ज्ञानमा अभ्यस्त हुनुभन्दा पनि परीक्षाको समयमा मात्रै उत्तीर्ण हुने मनोविज्ञान अझैसम्म हट्न सकेको छैन । शिक्षण क्षेत्रमा देखिएको सुगा रटाई प्रवृत्तिले भविष्यमा पुग्ने दिर्घकालीन असरबारे ध्यान दिनुपर्ने शिक्षाकर्मीहरुको सुझाव छ ।

समयानुसार विश्वविद्यालय एवं विद्यालय तहको पाठ्यक्रम परिमार्जन हुन्छ । देशकै जेठो त्रिभुवन विश्वविद्यालयले विगतको तुलनामा प्राविधिक तथा व्यवहारिक शिक्षाको १७ प्रतिशतबाट ७० प्रतिशतसम्म पु¥याउने गरि पाठ्यक्रम तथा शिक्षण अभ्यास गरिरहेको छ ।

विगतमा लामो समयसम्म नै देशलाई कस्तो खालको जनशक्ति कति मात्रामा चाहिन्छ भन्ने विषयमा सरकार र विश्वविद्यँलयहरुबीच सहकार्य नै हुनसकेको थिएन । अहिले भने विश्वविद्यँलयले प्रमुख ३ उद्देश्यका साथ पाठ्यक्रमहरु परिमार्जन एवम् विकास गरिरहेको छ । बजारको मागअनुसार र देश विकासमा आवश्यक जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ पाठ्यक्रमहरु निर्माण भईरहेको बताउनुहुन्छ त्रिभुवन विश्वविद्यँलयका उपकुलपति प्राध्यापक डाक्टर धर्मकान्त बास्कोटा ।

यता विषयगत ज्ञानमा दक्षता र अभ्यस्त हुनुभन्दा पनि परीक्षालाई सघाउ पुग्ने खालको पाठ्यपुस्तकहरु पढेर पास मात्रै हुने प्रवृत्तिले पनि नेपाली विद्यँर्थीमा जरा गाड्दै गएको छ । यसले ज्ञानको दायरालाई फराकिलो बनाउनुभन्दा पनि सा“घुरो बनाईरहेको सरोकारवालाहरु बताउंछन् ।

कतिपयले त आफूले कुन विषय पढिरहेको छु भन्ने समेत थाहा नभईकन कोडको आधारमै पुस्तक किनेर पढिरहेको नेपाल राष्ट्रिय पुस्तक बिक्रेता तथा प्रकाशक संघले जनाएको छ । नाफाका लागि जथाभाबी रुपमा लेखक, व्यवसायी तथा प्रकाशकहरुले पनि बजारमा ल्याएका यस्ता पुस्तकहरुले दिर्घकालीन रुपमा पुग्ने क्षतिप्रति सचेत हुनुपर्ने संघको सुझाव छ । यसमा सरकारले नीतिगत रुपमा सच्याउनुपर्ने र आम विद्यार्थी, पाठक स्वयम् सरोकारवालाहरु पनि सचेत बन्नुपर्ने संघका पदाधिकारीहरु बताउंछन् ।

क्याम्पस लगायत शैक्षिक सत्रका पाठ्यक्रमहरु परिस्कृत एवम् स्तरन्नोति हुु“दै गएस“गै त्यस्ता पुस्तकको शुल्क पनि महंगो हु“दै गएका छन् । विशेषगरी, स्नातक, स्नाकोत्तर, एम.फिल, पि.एच.डी. लगायतका अनुसन्धानमूलक पुस्तकहरु अनिवार्य रुपमा विदेशबाट पनि किन्नुपर्छ । यस्तो अवस्थामा महंगो पुस्तकहरु किनेर पढ्न विद्यार्थीलाई आर्थिक लगायतका समस्या हुने विद्यँर्थीहरुले बताएका छन् । आफ्ना रुची र अतिरिक्त विषयका ज्ञानहरु ईन्टरनेट जस्ता सञ्जालमा उपलब्ध पुस्तक, जर्नल, लेख आदि पनि डलरमै किन्नुपर्दा योे नेपाली विद्यार्थीको पहु“चमा नभएको उनीहरुको भनाई छ ।

पाठ्यपुस्तक अभाव एवम् महंगा पाठ्य पुस्तकका कारण आमविद्यँर्थीको पठनपाठनमा प्रभाव पुगिरहेको छ । स्तरीय पठन संस्कृति, आमविद्यँर्थी एवम् पाठकको आत्म विकासभन्दा पनि परीक्षा मात्रै उत्तीर्ण गर्ने मौलाउदो शैलीले शिक्षा क्षेत्रको दायरा कस्सिदै गएको छ । तसर्थ, प्राविधिक एवम् ज्ञानबद्र्धक शिक्षाका लागि परिमार्जित पाठ्यक्रम देशभित्रै बनाउनुपर्छ भने पाठ्य पुस्तकहरु पनि सर्वसुलभ रुपमा उपलब्ध गराईनुपर्छ । आम विद्यार्थी र शिक्षाकर्मीहरु पनि ज्ञान र विज्ञानमा पूर्णरुपमा अभ्यस्त हुन लालायित हुन सके मात्र भोलिको दिन फलदायी बन्नसक्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group