ABC NEWS NEPAL | No.1 News channel of Nepal
२९ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रवीन्द्रको पुण्यतिथि : ‘एउटा समयले जन्माएको ‘क्यारेक्टर’


एबीसी न्यूज
१५ फाल्गुन २०७६, बिहिबार   ७ : २०   बजे


काठमाडौं, १५फागुन ।  नेपाली राजनीतिमा लोकप्रीय युवा नेताको छवि बनाउन सफल तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको अकल्पनीय निधन भएको फागुन १५ गते एक वर्ष पुगेको छ ।

ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा पर्नुभएका अधिकारी पोखरा क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुनुहुन्थ्यो । उहाँ कास्कीको तत्कालीन भरतपोखरी गाविस जामुनाबोटमा २०२६ सालमा जन्मनुभएको हो । सानै उमेरदेखि राजनीतिक गतिविधिमा चासो राख्ने अधिकारी विभिन्न माध्यमबाट राजनीतिक जागरणमा आफ्नो भूमिकालाई सशक्त बनाउँदै आउनुभएको थियो ।

विसं २०४२ मा पृथ्वीनारायण क्याम्पस पोखरामा अध्ययन शुरू गर्नुभएका अधिकारीले विभिन्न जिम्मेवारी बहन गर्दै २०४९ सालमा पिएन क्याम्पस र २०५६ सालमा अनेरास्ववियुका केन्द्रीय अध्यक्ष बन्न सफल हुनुभयो । उहाँले २०४५ सालमा पार्टीको सङ्गठित सदस्यता प्राप्त गर्नुभएको थियो । विसं २०६४ र २०७० को संविधानसभा सदस्यमा कास्की क्षेत्र नं ३ बाट निर्वाचित र २०७४ सालको प्रतिनिधिसभा सदस्यमा कास्की क्षेत्र नं २ बाट अधिकारी निर्वाचित हुनुभएको थियो । उहाँले २०७४ चैत २ गते नेपाल सरकारको संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएको थियो । उहाँको निधनपश्चात् २०७६ जेठ १८ गते उहाँका योगदानलाई चिरस्थायी बनाउन ‘रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठान’को स्थापना गरिएको छ । जसको अध्यक्ष रवीन्द्र पत्नी विद्या भट्टराई हुनुहुन्छ ।

विविध व्यक्तित्वको नजरमा रवीन्द्र

विम्ब कवि एवं कलाकार रमेश श्रेष्ठ : विसं २०४३ मा मेरो रवीन्द्रसँग पृथ्वीनारायण क्याम्पसमा भेट भएको हो । त्यही समयदेखिको आत्मीयता ऊ जिवित रहँदासम्म कायम रह्यो । मिलनसार, जुझारु, हँसिलो अनुहार र सबैसँग आत्मीय सम्बन्ध विस्तार गर्नसक्ने उसँग गजबको विशेषता थियो ।

फरक विचार र स्वभावका व्यक्तिलाई समेत आफ्नो प्रभावमा पार्नसक्ने क्षमता ऊसँग थियो । यही गुण र विशेषताले नै हुनुपर्छ उसलाई निरन्तर चुनावमा विजयी हासिल गराउँदै राजनीतिक सफलता मिल्दै गयो । रवीन्द्र अधिकारी एउटा समयले जन्माएको क्यारेक्टर हो । नयाँ पुस्ताले आर्दश मान्ने क्यारेक्टर उसमा थियो ।

पर्यटन व्यवसायी विप्लव पौडेल : अधिकारीलाई म एक असल साथी र दूरदर्शी विकास प्रेमी नेताका रुपमा स्मरण गर्छु । नेपालको पर्यटनमा नयाँ आयाम र बृहत् योजनासहित अघि सारेका उहाँका रणनीतिक योजनाले नेपालको पर्यटनमा नयाँ आयामको शुरुआत गर्नमा हामी विश्वस्त थियौँ । तर, हामीले अकल्पनीयरुपमा उहाँलाई गुमायौँ ।

उहाँको निधनले नेपालको पर्यटन विकासमा नराम्ररी धक्का लागेको महसुस भएको छ । पोखराको सन्दर्भमा पनि विश्वकै उत्कृष्ट शहर बनाउने अभिष्ट उहाँमा थियो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, चक्रपथ, काठमाडौँ पोखरा लुम्बिनी फाष्ट ट्रयाक, काठमाडौँ पोखरा रेल्वे, मध्यपहाड़ी राजमार्गजस्ता पूर्वाधार निर्माणको दबाब सिर्जना गर्ने काममा उहाँको महत्वपूर्र्ण भूमिका छ ।

शिक्षाविद् जोर्जजोन :  म काजबाट २०४९ सालमा पृथ्वीनारायण क्याम्पस फर्कंदा रवीन्द्र अधिकारी स्ववियु सभापति हुनुहुन्थ्यो । निकै जाँगरिलो, कमाण्डिङ गर्न सक्ने टाठो युवा लाग्थ्यो । उहाँकै पहलमा पिएन गेटदेखि कार्यालयसम्मका बाटोलाई कङ्क्रिट बाटो बन्यो । बाटो निर्माण चन्दा उठाउन उहाँ निकै खटिनुभएको थियो ।

रवीन्द्रले विद्यार्थीकालदेखि नै विकासको एजेण्डालाई प्राथमिकता दिएको मैले पाएँ । कसैलाई नराम्रो नगर्ने, सम्मान गर्न जान्ने उहाँको विशेषता थियो । पोखरा विश्वविद्यालयको स्वरुप सम्बन्धीको एउटा कमिटीमा रवीन्द्र र म सँगै थियौँ । उहाँले धेरै सुझाव दिनुभएको थियो । म निकै राम्रो व्यक्तिका रुपमा रवीन्द्रलाई स्मरण गर्छु ।

रवीन्द्र स्मृति प्रतिष्ठानका कोषाध्यक्ष देवका पहारी स् रवीन्द्र अधिकारी मभन्दा एक व्याच सिनियर हुनुहुन्थ्यो । विद्यार्थी कालदेखि नै जुझारु र मिलनसार व्यवहार उहाँको थियो । राजनीतिक आन्दोलनमा निडर निर्भिक साथ प्रस्तुत हुने कुशल नेतृत्व क्षमता उहाँमा थियो । राजनीति र विकास एकअर्काका अन्तर सम्बन्धित ठान्ने अधिकारी नेपाली राजनीतिलाई उचाइमा पु¥याउने एक कुशल राजनीतिक पात्र हुनुहुन्छ । नेपाली राजनीतिको उदीयमान नक्षेत्रका रुपमा रहनुभएका अधिकारीले गर्र्नुभएका सकारात्मक र अविस्मरणीय कार्यलाई चिरस्थायी रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठान गठन गरेर उहाँको योगदानलाई जीवन्त राख्ने प्रयासमा लागेका छौँ ।

पत्रकार महासङ्घ, रामकृष्ण ज्ञवाली :  हामीले देश विकासका बारेमा भिजन भएको नेता गुमायौँ । बोल्नकै लागि बोल्ने धेरै नेता छन् । यसका विपरीत अध्ययन अनुसन्धान गरेर सम्भाव्यताका आधारमा विकासका दृष्टिकोण बनाउने नेता रवीन्द्र अधिकारी हुनुहुन्थ्यो ।

देश तथा विदेशका विकासका मोडलमा विशेष चासो राख्दै अध्ययन गर्न र देशकाल परिस्थितिलाई बुझ्न सक्ने लोकप्रिय नेताका रुपमा म रवीन्द्र अधिकारीलाई स्मरण गरिरहनेछु । आजको समकालीन नेतामा उहाँको जस्तो क्षमता र खुवी भएको नेता मैले देखेको छैन । अब छिट्टै जन्मेलान् वा अझै समय लाग्ला भन्न सकिन्न ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

जर्मन कम्पनीको नयाँ प्रणालीबाट राहदानी वितरण सुरु

प्रेस काउन्सिलमा उमेश श्रेष्ठ र दूरसञ्चार प्राधिकरणमा अर्जुन घिमिरे नियुक्त

सम्बन्धित

मिडिया हाउसलाई आतंकित पार्ने गतिविधि बन्द गर्न नेपाल मिडिया सोसाइटीको माग

दोलखामा पहिरोमा परी ४ महिने शिशुको मृत्यु, आमा घाइते

प्रधानमन्त्री बालेन र सभापति लामिछानेबीच ४ घण्टा छलफल

गणेश नेपाली प्रकरणमा सरकार–परिवारबीच ९ बुँदे सहमति

शाही आयोग खारेजीको नजिर उद्धृत गर्दै सर्वोच्चले रोक्यो सम्पत्ति छानबिन

हास्यकलाकार दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu