ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वर्तमान राजनीतिक पार्टीको संस्कार बदल्नतर्फ मुखरित हुनुपर्छ– मन्त्री केसी


admin
१७ फाल्गुन २०७६, शनिबार   २ : ३५   बजे

काठमाडौं, १७ फागुन । कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले साहित्यले समाजमा विद्यमान विकृतिको चिरफार गर्नुपर्ने बताउनुभएको छ ।

राप्ती साहित्य परिषद् रुकुमले आज मध्यपश्चिम विश्वविद्यालय सुर्खेतमा आयोजना गरेको ‘साहित्य माला’ कार्यक्रममा उहाँले समाज रहेका समग्र विकृति र विसङ्गतिविरुद्ध साहित्य ओकेलिनुपर्ने बताउनुभयो । “साहित्य सभ्य समाज र असल संस्कृतिको द्योतक हो”, उहाँले भन्नुभयो, “यो वर्तमान राजनीतिक पार्टीको संस्कार बदल्नतर्फ मुखरित हुनुपर्छ ।”

मन्त्री केसीले शक्तिशालीलाई पूजा गर्ने संस्कृतिबाट टाढा हुन आग्रह गर्दै युवापुस्ता सिर्जनशील भएर लाग्न जरुरी छ भन्नुभयो । उहाँले भन्नुभयो, “प्रेमबाट विचलित भएर आत्महत्या गर्ने पुस्ताले समाज र परिवार ध्वस्त हुन्छ । तसर्थ राम्रो संस्कार हामी आफँैले विजारोपण गर्ने हो ।” उहाँले भ्रष्टाचारको अन्त्य नभई विकास असम्भव भएको प्रष्ट्याउँदै यसको खबरदारी सबै क्षेत्रलाई गर्न आग्रह गर्नुभयो ।प्रदेशसभा सदस्य देवी ओलीले नेपाल कला, साहित्य, प्रेमी मनले भरिएको देश भएको उल्लेख गर्दै समाजको यथार्थतालाई साहित्यबाट उजागर गरी समाज र सरकार दुवैलाई सचेत तुल्याउन सहभागी स्रष्टा, सर्जकलाई सुझाउनुभयो । मध्यपश्चिम विश्वविद्यालयका शिक्षाशास्त्र सङ्काय केन्द्रीय क्याम्पस सुर्खेतका क्याम्पस प्रमुख जसवीर रोका र अतिथि सङ्कायमा अध्यापनरत डा दीपक गौतमले युवा पुस्तामा नकरात्मकता बढी देखिएको टिप्पणी गर्नुभयो ।

साहित्य माला कार्यक्रममा १३ स्रष्टाले मुलुकको विकास, सीमा रक्षा, राजनीतिक, आर्थिक, सांस्कृतिक, सामाजिक परिवर्तन, कमजोर नागरिक जीवनशैली र सुशासन कायम हुन नसक्नुलगायतका भाव आफ्ना सिर्जनामार्फत प्रस्तुत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढीमा बेपत्ता व्यक्तिका आफन्तलाई डीएनए नमुना दिन प्रहरीको आग्रह

बाढीको जोखिमबारे चीनसँग रियल टाइम सूचना आदानप्रदान भइरहेको छ : परराष्ट्र

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu