ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कृषि क्रान्तिको नेतृत्व बाँके–बर्दियाले लिनुपर्छ– मुख्यमन्त्री पोखरेल


admin
१७ फाल्गुन २०७६, शनिबार   ५ : ५१   बजे

नेपालगन्ज, १७ फागुन । प्रदेश न ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले नेपालमा कृषि क्रान्तिको नेतृत्व बाँके–बर्दियाले लिनुपर्ने बताउनुभएको छ । बाँकेको खजुरा गाउँपालिकामा कृषि तथा वन विज्ञान विश्वविद्यालय कृषि सङ्कायअन्तर्गत प्राकृतिक स्रोत व्यवस्थापन कलेजको भवन निर्माणको शिलान्यास तथा बिएससी एजीको कक्षा उद्घाटन समारोहमा उहाँले भेरी–बबई डाइभर्सन र सिक्टा सिँचाइ आयोजना केही समयमै सम्पन्न हुन गएकाले सिँचाइको उपयोगबाट बाँके र बर्दियावासीले अब आधुनिक कृषि क्रान्तिको नेतृत्व लिनसक्नुपर्ने बताउनुभयो ।

“राज्यले अर्बौ लगानी गरेर सिँचाइको व्यवस्था गरिरहेको छ, अब जग्गा जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य हुनुपर्दछ”, मुख्यमन्त्री पोखरेलले भन्नुभयो, “भेरीको पानी बबई हुँदै बर्दियाका खेतमा पुगेको छ, सिक्टा सिँचाइले बाँकेको जमिन सिँचाइ हुँदैछ, अब व्यावसायिक कृषितर्फ लागाँै ।”बाँके–बर्दियाका खेतीयोग्य जमिन बाँझै रहने गरेको प्रसङ्ग जोड्दै उहाँले आधुनिक प्रविधिबाट खेती किसानी गर्नुपर्नेमा जोड दिनुभयो । “कृषि कर्म गर्न धेरै जमिन चाहिँदैन, थोरै जमिनबाट पनि धेरै उत्पादन गर्न सकिन्छ, त्यसका लागि आधुनिक प्रविधि र इच्छाशक्ति चाहिन्छ”, उहाँले भन्नुभयो । बाँकेको खजुरा क्षेत्रको बस्ती इजरायली रूपबाट बनेको भएता पनि कृषिमा प्रगति नदेखिएको बेला स्थापना भएको कृषि विद्यालयले बाँके र बर्दियाका किसानलाई विद्यार्थीमार्फत प्रविधि र सीपको विकास गराउनुपर्ने उहाँको भनाइ छ ।

“कृषि क्याम्पसले विद्यार्थीलाई कोठामा राखेर शिक्षा दिनुको औचित्य छैन, विद्यार्थीलाई किसानको घरसँग जोडिदिनुस् तब मात्र व्यावहारिक सीप र ज्ञान प्राप्त हुनेछ”, मुख्यमन्त्री पोखरेलले भन्नुभयो, “विद्यार्थीमार्फत किसानलाई आधुनिक कृषि प्रविधिको ज्ञान, सीप दिनुस् त्यसमा सहयोग र समन्वय गर्न प्रदेश सरकार तयार छ ।”

कृषि क्याम्पस सञ्चालन गर्नु चुनौतीपूर्ण रहेको बताउँदै मुख्यमन्त्री पोखरेलले कलेजको विस्तृत परियोजना प्रतिवेदनको आधारमा प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । प्रदेश सरकारले किसानलाई लक्षित गरी सुलभ कर्जा सहजीकरण तथा ब्याजमा अनुदान कार्यक्रम शुरु गरेको बताउँदै त्यसको सदुपयोग गरी आधुनिक कृषि प्रणाली अपनाएर कृषिबाट आर्थिक समृद्धिको दिशामा लाग्न आग्रहसमेत गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group