ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सामुदायिक विद्यालयमा युवापुस्ताका शिक्षक आवश्यक– मन्त्री पोखरेल


admin
१७ फाल्गुन २०७६, शनिबार   ८ : ५९   बजे

काठमाडौं, १७ फागुन । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सामुदायिक विद्यालयको सवलीकरणको लागि ऊर्जावान, दक्ष र प्रविधिको ज्ञान भएका युवापुस्ताका शिक्षक आवश्यक रहेको बताउनुभएको छ ।

समुदायिक विद्यालय सवलीकरणका लागि नगर शिक्षा सम्मेलनको आज यहाँ उद्घाटन गर्दै मन्त्री पोखरेलले भन्नुभयो, “मसँग शिक्षक साथीहरु शिक्षकको कार्यकाल ६० बाट बढाएर ६३ बनाउनुपु¥यो भन्नुहुन्छ, तर म सकेसम्म चाँडो उहाँहरुलाई बिदा दिएर प्रविधिको पूर्णज्ञान भएका नयाँ, ऊर्जावान, दक्ष शिक्षक भित्र्याउन चाहेको छु ।”

सामुदायिक शिक्षा सवलीकरणका लागि शिक्षक, विद्यार्थी र अभिभावकबीच समन्वयको खाँचो रहेको उल्लेख गर्नुहुँदै उहाँले सामुदायिक विद्यालयलाई राम्रो बनाउन शिक्षकले मात्र नसक्ने भएकाले शिक्षक, अभिभावक, विद्यार्थी र सरकोकारवाला निकायको समन्वय जरुरी रहेको बताउनुभयो । सरकारले २०७६–८५ लाई सामुदायिक शिक्षा सवलीकरण दशक घोषणा गरेको जानकारी दिनुहुँदै मन्त्री पोखरेलले अबको दशक शिक्षामा पहुँच मात्र होइन, गुणस्तरीय शिक्षाको दशक भएको बताउनुभयो । कार्यक्रममा गोलबजार नगरपालिकाको शिक्षाको अवस्था र त्यसमा के–के सुधार गर्न सकिन्छ भन्ने विषयमा शिक्षाविद् अभिषेक घिमिरेले कार्यपत्र प्रस्तुत गर्नुभयो । सांसद लीलानाथ श्रेष्ठ, प्रदेशसभा सदस्य रामकुमार यादव, जगत् यादव, पूर्वमन्त्री विश्वनाथ साहले सम्मेलनले गोलबजार नगर क्षेत्रको शैक्षिक विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

यसैगरी मन्त्री पोखरेलले आजै गोलबजार नगरपालिकास्थित सरस्वती माविको ९प्राविधिक शिक्षालय० तेतरिया जमदहमा दुईतले आठकोठे भवनको उद्घाटनसमेत गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group