काठमाडौं, १८ फागुन । सत्तारुढ नेकपाको सचिवाल आज (आइतबार) बिहान बसेको बैठक सम्पन्न भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा बस्ने बैठकमा पछिल्लो समय पार्टीमा देखिएको विवाद, एमसीसी सम्झौता अध्ययन गर्न बनेको कार्यदलको प्रतिवेदन लगायतका विषयमा छलफल भएको हो ।
गएको बुधबार बसेको नेकपा सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने निर्णय गरेपछि नेताहरुवीच विवाद उत्पन्न भएको थियो ।
आजको सचिवालय बैठकले पार्टीभित्र देखिएका सबै समस्याको समाधान गर्दै पार्टीलाई एकतावद्ध बनाएर लैजाने सहमति भएको वैठकमा सहभागि नेताहरुले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्