ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अर्घाखाँची समाज जापानद्धारा क्यान्सर पीडीत पन्थीलाई १ लाख ७० हजार सहयोग


एबीसी न्यूज
१९ फाल्गुन २०७६, सोमबार   ८ : ३७   बजे

जापान, १९ फागुन । अर्घाखाँची समाज जापानले ब्लड क्यान्सर पीडीत मिना पन्थीलाई आर्थिक सहयोग गरेको छ । अर्घाखाँची मालारानी गाउपालीका ९ गोखुङ्गा निवासी १८ वर्षीय पन्थीलाई उपचारको लागी नगद १ लाख ७० हजार सहयोग गरेको हो ।समाजका सल्लाहकार दिपक थापाले शनिबार काठमान्डौको सिभिल अस्पतालमा पुगी रकम हस्तान्तरण गर्नुभएको हो । थापाले बिगत ४ महिना देखी ब्लड क्यानसर संग लडिरहेकी पन्थीलाई भेटी शिघ्र स्वास्थ्य लाभको कामना समेत गर्नुभयो । उहाँले पन्थीको उपचारका लागि आवश्यक परेमा समाजले थप सहयोग गर्ने समेत परिवारलाई आश्वासन दिनुभयो ।

सामान्य परिवारमा जन्मिएकी पन्थीको उपचार खर्च महङ्गो भएकाले पन्थीका परिवारले सहयोगका लागि अपिल गरेका थिए । २ छोरा र ५ छोरी रहेको परिवारमा पीडीत पन्थी कान्छी छोरी हुन । क्यान्सर पीडीत पन्थीको उपचारका लागि समाजले जापानमा अभियान संचालन गरेको थियो । समाजका उपाध्यक्ष नेत्र पन्थीको पहलमा मिना पन्थी उपचार सहयोगार्थ अभियान संचालन गरी रकम संकलन गरेको समाजका महासचिव नारायण भुसालले जानकारी दिनुभयो ।

अभियानमा जापानमा रहेका अर्घाखाँचीबासी संगै केही जापानी नागरिकले पनि आर्थिक सहयोग गरेका थिए ।
संकलित रकम फोरेक्स जापान मार्फत पठाईएको थियो ।

जापानमा रहेका अर्घाखाँचीबासीहरुको साझा घर अर्घाखाँची समाज हो । २०१५ सालमा स्थापना भएको समाजले यस अघि पनि विभिन्न अभियान संचालन गरी जिल्लामा आईपरेका भैपरी समस्यालाई सहयोग गर्दै सहयात्री बन्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

सम्बन्धित

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

मृत व्यक्तिले अदालतमा बोले, हत्यारालाई क्षमा गरे !

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group