काठमाडौं, १९ फागुन । नोभेल कोरोना (कोभिड–१९) भाइरसबाट तीन हजारभन्दा बढीको ज्यान गएको छ ।
गत डिसेम्बरमा चीनबाट सुरु भएको कोरोनाबाट आज विहानसम्म तीन हजार ५३ जनाको मृत्यु भएको समाचार एजेन्सीहरूले जनाएका छन् । चीनमा सबैभन्दा दुई हजार ९१२ जनाको ज्यान गएको छ । चीन बाहिर इरानमा ५४, इटलीमा ४१, दक्षिण कोरियामा २२ र डायमण्ड प्रिन्सेसमा ७ जनाको मृत्यु भएको छ । यस्तै, फ्रान्स, अमेरिका र हङकङमा दुईरदुई जनाले ज्यान गुमाएका छन् ।
थाईल्याण्ड, ताइवान, अष्ट्रेलिया, सान मारिनो र फिलीपिन्समा एक÷एक जनाको मृत्यु भएको छ । ८९ हजारमा कोरोनाको संकेत देखिएको छ । जसमध्ये ४५ हजार भन्दा बढीले स्वास्थ्य लाभ गरिसकेका छन् । कोभिड १९ अर्थात कोरोना भाइरसको सङ्क्रमणबाट अमेरिकामा दोस्रो व्यक्तिको ज्यान गएको छ । आइतबार बिहान एक जनाको ज्यान गएको र आज बिहान अर्को व्यक्तिको पनि ज्यान गएको न्यूयोर्क टाईम्सले जनाएको छ । वासिंगटनको किङ्ग काउन्टीमा एक अस्पतालमा उपचार गराईरहेका ७० वर्षीय पुरुषको ज्यान गएको अमेरिकी स्वास्थ्य अधिकारीले पुष्टि गरेको खबरमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्