ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कृषि पढेका युवा प्रदेश ५ मा बेरोजगार बस्न नपर्ने


sharan sharan
२० फाल्गुन २०७६, मंगलबार   ३ : ५४   बजे

बुटवल, १९ फागुन ।
प्रदेश ५ सरकारको कृषि, भुमि ब्यवस्था तथा सहकारी मन्त्रालयले प्रदेशमा कृषि तथा पशु बिषयमा अध्ययन गरेका युवाहरुलाई अनुदान दिएर कृषि उद्यममा लगाउने भएको छ ।
मन्त्रालयले आज सार्वजानिक गरेको कार्यक्रम अनुसार कृषि तथा बन बिज्ञान बिषयमा अध्ययन गरेका युवाहरुले बिषयगत उद्यम गर्न चाहे सरकारले १० लाख सम्म अनुदान दिने ब्यवस्था गरेको छ ।
मन्त्रालयले आर्थिक वर्ष ०७६।७७का लागि तयार पारेको प्रस्तावहरु जानकारी गराउने उद्देश्यले बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रदेश ५ सरकारको कृषि, भुमि ब्यवस्था तथा सहकारी मन्त्री आरती पौडेलले बिज्ञ युवाहरुको जागिरे प्रबृतिलाई परिवर्तन गर्न युवा केन्द्रित अनुदानको कार्यक्रम ल्याईएको बताउनु भयो ।
उहांले संघ, प्रदेश र स्थानीय तहका बिच समन्वय हुन नसक्दा सरकारले गर्न खोजेका कार्यक्रमहरु प्रभावकारी हुन नसकेको बताउंदै बिगतको शिक्षा लिएर आगामी दिनमा समन्ययलाई प्रभावकारी बनाउंदै लगिने बताउनु भयो ।
मन्त्रालयले सार्वजानकी गरेको नयां कार्यक्रमहरुमा प्रदेशका बिभिन्न जिल्लाहरुमा प्राराङ्गारीक उत्पादन क्षेत्र बनाउने , भुमिहिनहरुकालागि ल्याईएको करार खेति कार्यक्रमलाई सबै कृषहरुका लागि खुल्ला गर्ने, चलबन्दी सहितको नमुना कृषि फर्महरुलाई प्रोत्साहन दिने, कृषि बस्तुको प्रशोधन उद्योगको स्थापना गर्ने , च्याउ ग्रामको बिस्तार गर्ने जस्ता कार्यक्रमहरु समावेश गरिएकाछन् । मन्त्रालयले प्रदेशका १२ वटै जिल्लामा हरित स्वयम सेवकहरु प्रिचालन गर्दै सरकारका अनुदानहरु वस्तबिक किसान सम्म पुगे नपुगेको रिपोर्ट लिने ब्यवस्था गरेको पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो ।
गत आर्थिक वर्षमा मन्त्रालयले बितरण गरेको अनदानमा दुरुपयोग भएको भन्द्रै प्रदेश सभाको संसदिय समितीले प्रतिबेदन बुझाएपछि कृषि मन्त्रालयको अनुदान कार्यक्रम आलोचित बनेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group