ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरोनाबाट बचौ र बचाऔ : हात नमिलाउन, नमस्कार गर्ने’


admin
२१ फाल्गुन २०७६, बुधबार   २ : २८   बजे

काठमाडौं, २१ फागुन । नोबेल कोरोना भाइरस कोभिड–१९ बाट बच्न ‘हात नमिलाउन र नमस्कार गर्न’ बानी बसाल्न सुझाव दिएका छन् । चीनबाट फैलिएको यो भाइरस अहिले विश्वका ७२ वटा देशमा देखिएका छन् भने नेपाल पनि उच्च जोखिममा रहेको विश्व स्वास्थ्य सङ्गठन प्रतिवेदनमा रहेको आज चिकित्सकले जानकारी दिएका छन् ।

ज्वरो आउने, हाछ्यूँ आउने र श्वासप्रश्वासमा समस्या देखिने भाइरसका कारण मानिसको ज्यान जान सकिने भएकाले विशेष सतर्कता आउन चिकित्सकले सुझाव दिएका हुन् । अहिलेसम्ममा चीनमा ८० हजार ३०४ मा सङ्क्रमण देखिएको, दुई हजार ९४६ को ज्यान गएको छ भने चीन बाहिर ७२ देशमा गरी १० हजार ५६६ मा सङ्क्रमण देखिएको र १६६ को ज्यान गएको डा सुरेश मेहताले जानकारी दिनुभयो ।

यो सङ्क्रमण हुने मानिसमा ८० प्रतिशत सामान्य रहन्छन् भने २० प्रतिशतमा कडा खालको लक्षण देखिने र दुई प्रतिशत मानिसको ज्यान जाने खतरा हुन्छन् । यो भाइरसका कारण मृत्यु हुने मानिस प्रायः वृद्ध, दम रोग भएको, मिर्गौला रोगी र मधुमेह रोगीको ज्यान जाने गरेको तथ्याङ्कले देखाएको डा मेहताले बताउनुभयो ।यो भाइरसबाट बच्न प्रदेश नं १ को सामाजिक विकास मन्त्रालयले उच्च सतर्कता अपनाएको छ । यसका लागि जनस्वास्थ्य निर्देशनालय धनकुटाको निर्देशक चन्द्रदेव मेहताको संयोजकत्वमा एक प्राविधिक समिति बनाएको छ भने प्राविधिक समितिलाई आवश्यक सल्लाह एवं सुझाव दिन र तयारी अवस्थालाई प्रभावकारी बनाउन स्वास्थ्य व्यवस्थापन महाशाखा काठमाडौँका निर्देशक भोजराज डोटेल सम्मिलित प्राविधिक त्रिभूषणप्रसाद साह र नरेन्द्र खनालको टोलीले आवश्यक निर्देशन एवं परामर्श दिइरहेको बताएको छ ।

टोलीले साबुन पानीले मिचिमिची ३० सेकेण्डसम्म हात धोएमा यसबाट बच्न सकिन्छ र बाहिर हिँड्दा नाक मुख छोप्ने मास्क लगाउनुपर्ने, भिडभाडमा नजाने, विदेशबाट फर्केर आएका मानिसबाट सावधान रहने, जङ्गली तथा घरपालुवा पशुपक्षीबाट टाढा रहने सुझाव दिएका छन् ।कोरोनाको सङ्क्रमण देखिको मानिसको उपचारका लागि प्रदेश नं १ मा कोशी अस्पताल विराटनगरमा पाँच, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा १०, विराट अस्पतालमा १२ र नोबेल अस्पतालमा एक श्यया व्यवस्था गरी उपचार गर्ने प्रबन्ध मिलाइएको छ । अहिलेसम्म प्रदेशमा यो भाइरसको रोगी नदेखिए पनि सङ्क्रमण हुने उच्च जोखिम रहेकाले यस्तो प्रबन्ध मिलाइएको मन्त्रालयले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको हो । यो लक्षण देखिएमा सामाजिक विकास मन्त्रालयले कोशी अस्पताल, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, नोबेल मेडिकल कलेज विराटनगर, बिएण्डबी अस्पताल बिर्तामोड र मेची अस्पताल भद्रपुरमा ‘आइसोलेशन बेड’ तयार पारी उपचार गर्ने उपचार गर्ने प्रबन्ध मिलाएको छ ।

सामाजिक विकासमन्त्री जीवन घिमिरेले कोरोनाको बारेमा अनावश्यक त्रास फैलिन नदिन यसबारेमा सबैले बुझ्नु आवश्यक रहेको बताउनुभयो । यसबाट बच्न आम नागरिकमा जनजागरण एवं सचेतना अभिवृद्धि गर्नुपर्ने भन्दै मन्त्री घिमिरेले प्रदेश नं १ को नाकामा ‘हेल्प डेस्क’ राखिएको जानकारी दिनुभयो ।उहाँले इलामको पशुपति नगर, झापाको काँकडभिट्टा, भद्रपुर र मोरङको रानीमा हेल्पडेस्क राखिएकाले विदेशीको स्वास्थ्य परीक्षण हुने भन्दै कोरोना भाइरसबाट जोगिन सावधान रहनु पर्ने कुरामा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group