काठमाडौं, २१ फागुन, । स्पेनमा कोरोना भाइरसको संक्रमणबाट एक जनाको मृत्यु भएको छ । उनको गत फेब्रुअरी १३ मा मृत्यु भएको डेलीमेलको समाचारमा उल्लेख छ । भ्यालेन्सियाका स्वास्थ्य अधिकारीहरुले ती व्यक्तिको मृत्यु कोरोना भाइरस संक्रमणबाट भएको पुष्टी गरेका छन् । मृतकले हालैमात्रै नेपालको भ्रमण गरेका थिए ।
स्पेनमा कोरोनाका कारण निधन भएको यो पहिलो घटना हो। अहिलेसम्म स्पेनमा कोरोनाभाइरसबाट संक्रमित हुने संख्या १ सय ६५ पुगेको छ।
प्रतिक्रिया दिनुहोस्