ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राजधानी सार्ने चलखेल गरिए बुटवलमा आन्दोलन गरिने


sharan sharan
२१ फाल्गुन २०७६, बुधबार   ५ : २८   बजे

बुटवल, २१ फागुन ।
प्रदेशको नामाकरण र राजधानीका बिषयमा चलखेल भएको भन्दै बुटवलमा आन्दोलनको तयारी थालिएको छ ।
सरकार गठन भएको २ वर्षमा समेत राजधानी र नामाकरणका बिषयमा प्रदेश सरकारले आलटाल गरेको र राजधानी रुपन्देहीबाट अन्यत्र सार्ने षडयन्त्र गरिएको भन्दै आन्दोलनको तयारी गरिएको बताईएको छ । बुटवल स्थित जिवराज आश्रीत प्रतिष्ठानको कार्यालयमा भेला भएका रुपन्देहीका पेशागत संघ संस्थाका प्रमुख एर्व प्रतिनिधिहरुको भेलाले चलखेल गरिए आन्दोलन गर्न तयारी रहने निर्णय समेत गरेको छ । बरिष्ठ पत्रकार डि आर घिमीरेको सहजिकरणमा भएको भेलाले निकट भबिश्यमा प्रदेशसमा साबिक लुम्बिनी अञ्चल र यस आसपासका प्रदेशसभा सदस्यहरुको उपस्थितीमा अर्को भेला गर्ने र आवश्यक परे सडक आन्दोलन समेत गर्ने निर्णय गरेको छ ।
प्रदेश सभाका केहि सभासदहरु समेतको उपस्थितीमा भएको भेलामा रुपन्देहीका सबै दल निकट उद्योगी, ब्यवसायी तथा पेशागत संघ संस्थाका अध्यक्ष तथा पदाधिकारीको उपस्थिती रहेको थियो । प्रदेशसभामा नेकपा सभासद भोज प्रसाद श्रेष्ठ, कमल श्रेष्ठ र तुलसी चौधरी नेपाली कांग्रेसका सभासद रमा अर्याल र संघिय समाजबादी पार्टीका सभासद सन्तोष पाण्डेको समेत भेलामा उपस्थिती रहेको थियो । भेलामा सहभागिहरुले प्रदेशसभामा लुम्बिनीबाट प्रतिनिधित्व गर्ने सभासदहरुले बलियो प्रतिनिधित्व गर्न नसकेको भन्दै सभासदहरुको आलोचना गरेका थिए । उनीहरुले बिगतमा अखण्ड प्रदेशका लागि गरिएको आन्दोलनको स्मरण गर्दै चलखेल गरिए फेरी त्यस्तै आन्दोलन गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए । भेलामा चलखेल कस्ले गरेको भन्ने बिषयमा भने खुलासा गरिएन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘कामी’ लेख्न बाध्य पार्नु संविधानविपरीत : सर्वोच्चको ऐतिहासिक फैसला— अब ‘विश्वकर्मा’ रोज्न पाइने

‘सुस्ताको सिमल र कदम’ : भारतीय एसएसबीले अस्थायी बाँध भत्काउँदा स्थानीय लाठीभाटाले प्रतिकार

सम्बन्धित

बेनी–जोमसोम सडकखण्डको स्तरोन्नति

जेनजी आन्दोलनपछि बन्द ट्राफिक लाइट फेरि सञ्चालनमा, पोखराका तीन मुख्य चोकमा ट्राफिक व्यवस्थापन सहज

बागलुङ बजारमा सद्भाव र्याली

गण्डकी सरकारले एक अर्ब बढाएर ल्यायो बजेट (पूर्णपाठ)

हिमालपारि कांग्रेसको राहत: मुस्ताङबाट योगेश गौचन थकालीको सानदार जित

स्याङ्जाको एक मतदान केन्द्रमा मतदान रोकियो: मतपत्रमा हस्ताक्षर नभएको विवाद

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu