काठमाडौं,२२ फागुन । मिर्गौला प्रत्यारोपणको दोस्रो दिन आज प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार हुँदै
गइरहेको छ ।
प्रधानमन्त्री ओलीले तरल चीजहरु खान थाल्नुभएको र अन्य सूचकहरु राम्रो रहेको उहाँका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा बुधबार उहाँको दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो । हाल उहाँलाई शल्यक्रिया कक्षबाट प्रत्यारोपण उपचारकक्षमा राखी उपचारलाई निरन्तरता दिइएको छ । उहाँको पछिल्लो स्वास्थ्यस्थतिबारे अस्पतालले हरेक दिन ४ बजे औपचारिक जानकारी दिनेछ । प्रत्यारोपणको नेतृत्व गरेका प्रा.डा. प्रेमराज ज्ञवालीका अनुसार रक्तचापसहित ओलीका सबै सूचकाङ्क राम्रो स्थितिमा भएको तर ओलीलाई अझै केही दिन सीसीयूमा राखेर उपचार गरिने उहांले जानकारी दिनुभयो ।
प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपणका लागि यही फागुन १९ गते अस्पताल भर्ना हुनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्