काठमाडौं, २२ फागुन । नेपाल कोरोना भाईरसको उच्च जोखिममा रहेको बिश्ब स्वास्थय संगठनले रिर्पोट निकाले संगै नेपालमा पनि उच्च सतर्कता अपनाउन थालेको छ । अहिले विश्वभर आतंक मच्चाइरहेको कोरोना भाइरस फैलिन सक्ने जोखिम बढ्दै गएको र कोरोना संक्रमणको खतरालाई ध्यान दिँदै अर्को निर्णय नहुञ्जेलसम्मका लागि काठमाडौंका बासिन्दालाई अत्यावश्यक अवस्थाबाहेक घरबाट बाहिर ननिस्कन काठमाडौं जिल्ला प्रशासनले आग्रह गरेको छ ।
कोरोना भाइरसले विश्वका ८० बढी देशमा आतंक सिर्जना गरिसकेपछि नेपालमा पनि यो रोग भित्रिन नदिनका लागि सुरक्षाका उपायहरु अपनाउन थालिएको कोरोना भाइरस फैलिन सक्ने जोखिम भएको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले यस्तो सूचना जारी गरेको छ ।
बुधबार जिल्ला सुरक्षा समन्वय समितिको बैठक राखेर तत्काललाई काठमाडौंमा कुनै पनि सभा–समारोह र ठूला जमघटका कार्यक्रम नगर्न–नगराउन तथा भिडभाडमा नजान काठमाडौंका नागरिकलाई आग्रह गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्