ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कम्युनिष्ट सरकारले गरेको विकास देख्न नसक्ने छट्पटाएका छन्– प्रवक्ता श्रेष्ठ


admin
२२ फाल्गुन २०७६, बिहिबार   ७ : ४९   बजे

काठमाडौं, २२ फागुन ।  नेपाल कम्युनिष्ट पार्टी नेकपा का प्रवक्ता नारायणकाजी श्रेष्ठले भ्रातृत्व, मित्रता र सामाजिक एकताका लागि खेल क्षेत्र एक महत्वपूर्ण क्षेत्र रहेको बताउनुभएको छ । वाग्मती नगरपालिका–११ मा आजदेखि शुरु भएको प्रदेश नं २ कै सर्वाधिक धनराशिको चोथौ राजर्षि जनक कप फुटबल प्रतियोगिताको उद्घाटनका अवसरमा नेता श्रेष्ठले राष्ट्रियता, राज्य र समानताका विभिन्न क्षेत्रमा मतभेर रही रहेको समयमा राष्ट्रिय एकता तथा भ्रातृत्व जगाउने काम खेल क्षेत्रले गर्ने पार्टी प्रवक्ता श्रेष्ठले बताउनुभयो । खेलाडीले देशको इज्जत, प्रतिष्ठा जोगाउने काम गरेको भन्दै खेलाडीलाई सम्मान गर्ने काममा नेपाल सरकार लागिपरेको उहाँले उल्लेख गर्नुभयो ।

नेता श्रेष्ठले सरकार देश विकासको काममा तीव्र गतिमा लागेको भन्दै देशको विकासमा कसैले भाँजो हाल्ने काम गरेमा त्यस्तो कार्य आफूहरुको लागि स्वीकार्य नहुने बताउनुभयो । उहाँले अहिलेको सरकारले गरेको विकास निर्माण देखेर विपक्षी अत्तालिएको बताउनुभयो । सो अवसरमा नेकपा सर्लाहीका इञ्चार्ज डाचाराज वाग्लेले मानवीय सङ्कटका रुपमा कोरोना भाइरसले जनजीवन त्रसित बनाएकोे बताउँदै राजनीति मुक्त खेल क्षेत्र बनाउन आग्रह गर्नुभयो ।

वाग्मती युवा क्लबको आयोजनामा आजबाट शुरु भएको प्रतियोगिता चैत २ गतेसम्म चल्लेछ । प्रतियोगितामा दुई वटा विदेशी र १० सम्म १२ टिमको सहभागिता रहनेछ । प्रतियोगितामा प्रथम हुनेले रु १० लाख र द्वितीय हुनेले रु पाँच लाख नगद पुरस्कार पाउने वाग्मती युवा क्लबका अध्यक्ष किस्मत मैनालीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढीमा बेपत्ता व्यक्तिका आफन्तलाई डीएनए नमुना दिन प्रहरीको आग्रह

बाढीको जोखिमबारे चीनसँग रियल टाइम सूचना आदानप्रदान भइरहेको छ : परराष्ट्र

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu