ABC NEWS NEPAL | No.1 News channel of Nepal
२९ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चिकित्सकको सुरक्षाको ग्यारेन्टी नभएसम्म काममा जान नसक्ने चेतावनी (भिडियोसहित)


एबीसी न्यूज
२३ फाल्गुन २०७६, शुक्रबार   ११ : ३४   बजे

काठमाडौं, २३ फागुन । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा खटाईएका चिकित्सकहरुले सुरक्षाको कारण देखाउँदै शुक्रबारदेखि काममा नजाने बताएका छन् । चिकित्सकहरुको सुरक्षार्थ कुनै पनि व्यवस्था नगरि कोरोना परिक्षण एवं सर्तकताका लागि खट्न सरकारबाट निर्देशन आएको भन्दै चिकित्सकको सुरक्षाको ग्यारेन्टी नभएसम्म काममा जान नसक्ने चेतावनी दिएका छन् ।

सरकारले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा खटाएका चिकित्सकहरुले सुरक्षाको कारण देखाउँदै शुक्रबारदेखि काममा नजाने जनाएका छन । नोवेल कोरोना भाइरसका संक्रमित हालसम्म नेपालमा नदेखिए पनि स्वदेशी तथा विदेशी नागरिकहरुबाट नेपालमा संक्रमण फैलिन सक्ने भन्दै विमानस्थलमा विदेशबाट आउने यात्रुको विशेष चेकजाँच हँुदै आएको छ । सरकारले विमानस्थलमा काम गर्न जाने चिकित्सकहरुको सुरक्षार्थ केहि पनि नसोचि मन्त्रीको आदेश भन्दै विमानस्थल जानुपर्ने फोन आएको चिकित्सक डाक्टर सन्तोष उपाध्यायले गुनासो राख्नुभयो । दैनिक पारिश्रमिक पनि निकै कम भएको कारण शुक्रबारबाटै काममा नजाने जानकारीसहित स्वास्थ्य विभागमा पत्र पठाउने डाक्टर उपाध्यायको भनाइ छ ।

विमानस्थल आफैमा संवेदनशील क्षेत्र हो । दैनिक हजारौं स्वदेशी तथा विदेशी विमानस्थल हुदै नेपाल भित्रिने र बाहिरीने गर्दछन । चिकित्सकहरुको काममा नजाने निचोडसंँगै अझ बढि त्रास पैदा भएको छ । यता सरुवा रोग निवारण महाशाखा टेकुका निर्देशक डाक्टर वासुदेब पाण्डेले कोरोना भाइरसको महामारीले त्रसित बनाएको अबस्थामा सबै मिलेर जानुपर्ने र चिकित्सकहरुको समस्या बुझी राज्यले सम्बोधन गर्ने भन्दै यथावत् रुपमा काममा लाग्न अनुरोध गर्नुभएको छ । डाक्टर पाण्डेले राष्ट्रमा संकट पर्दा सबैले जुटेर समस्याको निबारण गर्नुपर्ने बताउनुभयो । हाल विश्वका ८० देशमा फैलिइसकेको कोरोना भाइरसले ३ हजार १ सय ९९ जनाको ज्यान लिसकेको र ९३ हजार १ सय ६४ जनामा संक्रमण देखिए पनि नेपालमा भने बिहिबारसम्म कसैमा पनि कोरोना संक्रमण नदेखिएको बताउनुभयो ।

विश्व स्वास्थ्य संगठनले नेपाल लगायत उत्तर पुर्वी एशियाली ११ मुलुकहरुमा कोरोना संक्रमणको जोखिम उच्च रहेको जनाएपछि नेपालमा त्राश अझ बढेर गएको छ । डाक्टर पाण्डेले नागरीकहरु सचेत रहनु पर्ने भएता पनि आत्तीइ हाल्नुपर्ने अबस्था भने नरहेको बताउनु भएको छ । नेपालमा कोरोना संक्रमणको आशंकामा ४ सय ३३ जनाको परीक्षण गर्दा चीनको उहानबाट नेपाल आएका एकजना विद्यार्थीबाहेक अरु कसैलाई संक्रमण नभेटिएको र ती एकजना पनि उपचारबाट स्वस्थ भइ घर फर्किसकको डाक्टर पाण्डेले बताउनुभयो । कोरोना भाइरसले ७०–८० बर्ष पुगेका जेष्ठ नागरिकहरु र दिर्घ रोगीहरुमा छिटो असर गर्ने हँुदा उनीहरुलाई बढी हेरबिचार गर्नुपर्ने बताउनु भयो ।

कोरोना भाइरस मानिसदेखि मानिसमा सर्ने भाईरस हो । अहिलेसम्म चीन बाहिरमात्र ११ देशमा गरी २ सय १५ जनाको मृत्यु र १२ हजार ७ सय ४२ जनामा संक्रमण भैसकेको छ । यता नेपाल चिकित्सक संघले पनि राष्ट्रिय समस्याको रुपमा रहेको कोरोना भाइरससंग जुध्न सरकारलाई सहयोग गर्ने बताएको छ । संघले सामाजिक संजालमा आएका कति कुरा अस्पष्ट र अतिरञ्जित हुनसक्ने हुँदा नागरिकमा कोरोना सम्वन्धी तथ्यसत्य कुरा सहितको सचेतना दिन र कोरोना भाइरसको उपचार र चेकजाँच गर्ने चिकित्सकहरुको सुरक्षार्थ सरकार लाग्नुपर्ने सुझाव समेत दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज, देश–विदेशमा विविध कार्यक्रम

बालेन–रवि सम्बन्धमा चिसोपन ? सुकुमवासीदेखि पासपोर्ट विवादसम्म पाँच मुद्दामा बढ्यो दूरी

सम्बन्धित

प्रधानमन्त्री बालेन र सभापति लामिछानेबीच ४ घण्टा छलफल

गणेश नेपाली प्रकरणमा सरकार–परिवारबीच ९ बुँदे सहमति

शाही आयोग खारेजीको नजिर उद्धृत गर्दै सर्वोच्चले रोक्यो सम्पत्ति छानबिन

हास्यकलाकार दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

बझाङमा जिप दुर्घटनामा तीन यात्रुको मृत्यु, १० घाइते

चौरजहारीमा ४८ मिटर गहिराइबाट स्वच्छ पानी भेटियो, दीर्घकालीन खानेपानी समाधानतर्फ महत्वपूर्ण उपलब्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu