ABC NEWS NEPAL | No.1 News channel of Nepal
२९ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दाहसंस्कार गर्न ल्याइएका एक बालक जीवितै भेटिए, देवघाटमा रातिमा दाहसंस्कार गर्न नपाइने


admin
२३ फाल्गुन २०७६, शुक्रबार   १ : ३७   बजे

काठमाडौं, २३ फागुन । तनहुँको प्रसिद्ध धार्मिकस्थल देवघाटमा रातिमा दाहसंस्कार गर्न नपाइने भएको छ । देवघाट क्षेत्र विकास समितिले आगामी वैशाख १ गतेदेखि राति १० बजेबाट बिहान ४ बजेसम्म दाहसंस्कार गर्न रोक लगाउने निर्णय गरेको हो ।

समितिको बिहीबार देवघाट गाउँपालिका–५ मा सम्पन्न बैठकले सो निर्णय गरेको समितिका अध्यक्ष शिवराज पौडेलले जानकारी दिनुभयो । देवघाटस्थित कालीगण्डकी र त्रिशूली नदीको सङ्गम वेणीमा दाहसंस्कार गर्न देशभरबाट मृत शरीर ल्याउने गरिन्छ । उक्त सङ्गममा दैनिक १० भन्दा बढीको दाहसंस्कार गरिन्छ । त्यसमध्ये मासिक कीरब पाँच जनाको रातिमा दाहसंस्कार हुन्छ । काठमाण्डौँको पशुपति आर्यघाटपछि सबैभन्दा धेरै दाहसंस्कार गर्ने घाटका रुपमा देवघाटलाई लिइन्छ ।केही महिनाअघि देवघाटमा रातिमा दाहसंस्कार गर्न ल्याइएका एक बालक जीवितै भेटिएका थिए । त्यस्तै शङ्कास्पद मृत्यु या हत्याको घटना रातिमा नै दाहसंस्कार गर्न ल्याउने सूचना पाएपछि आफूहरुले धेरैपटक प्रहरीलाई खबरसमेत गरेको अध्यक्ष पौडेलले बताउनुभयो ।

देवघाटमा दाहसंस्कार गर्न ल्याउने मृतकको सबैभन्दा नजिकको आफन्तले मत्युसम्बन्धी फाराम भर्नुपर्ने हुँदा रातिमा कर्मचारीको व्यवस्थापन गर्न पनि समस्या भइरहेको समितिका कार्यकारी निर्देशक धिरनबाबु घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार विभिन्न कारणले राति १० बजेपछि बिहान ४ बजेसम्म दाहसंस्कारमा रोक लगाइने निर्णय भएको छ । राति १० बजेपछि घाटमा आइपुग्नेका लागि नदी किनारमा घाट घरको व्यवस्थापन गरिने भएको छ । बैठकमा सहभागी तनहुँका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित र चितवनका प्रमुख जिल्ला अधिकारी नारयणप्रसाद भट्टराईले कतिपय शङ्कास्पद मृत्यु हतारहतार रातिमा नै दाहसंस्कार गरिहाल्ने र प्रमाण मेटिने भएका कारण रातिमा दाहसंस्कार गर्न रोक लगाउनु उचित हुने बताउनुभयो ।

समितिको बैठकले चालु आर्थिक वर्षमा सञ्चालन गरिएका विभिन्न कार्यक्रमको समीक्षा गरी आगामी आर्थिक वर्षमा सञ्चालन गरिने प्रस्तावित कार्यक्रमलाई अनुमोदन गरि सम्बन्धित मन्त्रालयमा बजेट माग गर्ने निर्णय गरेको छ । सो ५७ औं बैठकले देवघाटधामलाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्न धार्मिक परम्परा झल्कने खालको गुरुयोजना निर्माण गर्ने, पर्यटकलाई आकर्षित गर्ने खालको पूर्वाधार निर्माण गर्ने, धार्मिक सम्पदा समेटिने धार्मिक चक्रपथको निर्माण गर्ने तथा देवघाट क्षेत्रमा शान्ति सुरक्षाको अवस्थालाई मजबुत बनाउन सम्बन्धित निकायको ध्यानाकर्षण गर्ने निर्णय गरेको छ । बैठकले कालीगण्डकी डाइभर्सनको योजनाले तटीय क्षेत्र खास गरी प्रसिद्ध तीर्थस्थल देवघाटको भविष्यमा पनि सङ्कट पर्न सक्ने भएकाले उक्त डाइभर्सन गर्न नहुने तर्फ सङ्घीय सरकारको थप ध्यानाकर्षण गराउने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज, देश–विदेशमा विविध कार्यक्रम

बालेन–रवि सम्बन्धमा चिसोपन ? सुकुमवासीदेखि पासपोर्ट विवादसम्म पाँच मुद्दामा बढ्यो दूरी

सम्बन्धित

प्रधानमन्त्री बालेन र सभापति लामिछानेबीच ४ घण्टा छलफल

गणेश नेपाली प्रकरणमा सरकार–परिवारबीच ९ बुँदे सहमति

शाही आयोग खारेजीको नजिर उद्धृत गर्दै सर्वोच्चले रोक्यो सम्पत्ति छानबिन

हास्यकलाकार दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

बझाङमा जिप दुर्घटनामा तीन यात्रुको मृत्यु, १० घाइते

चौरजहारीमा ४८ मिटर गहिराइबाट स्वच्छ पानी भेटियो, दीर्घकालीन खानेपानी समाधानतर्फ महत्वपूर्ण उपलब्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu