ABC NEWS NEPAL | No.1 News channel of Nepal
२९ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाल्पामा टिप्परकाे ठक्करबाट श्रीमतीको ज्यान गयो, श्रीमान गम्भीर घाइते


admin
२३ फाल्गुन २०७६, शुक्रबार   ६ : ३३   बजे

पाल्पा, २३ फागुन । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तानसेन नगरपालिका–७ लामिडाँडामा टिपरको ठक्करबाट मोटरसाईकलमा सवार एक महिलाको मृत्यु भएको छ । तानसेनबाट बुटवलतर्फ जाँदै गरेको लु ७ प ४३४ नम्वरको मोटरसाईकललाई सोही दिशादेखि जाँदै गरेको लु २ ख ३१७८ नम्वरको टिपरले ठक्कर दिदा तानसेन ७ का ५५ वर्षिया मधु श्रेष्ठको मृत्यु भएको हो । मोटरसाईकलको पछाडी बसेकी श्रेष्ठलाई टिपरले ठक्कर दिएपछि घाइते भएकी थिईन । घाइते उनलाई उपचारका क्रममा लुम्बिनी मेडिकल कलेज प्रवास लैजादै गर्दा बाटोमा मृत्यु भएको अस्पतालका डाक्टरहरुले घोषणा गरेका थिए । टिपरको ठक्करबाट मोटरसाईकल चालक तथा मधुका श्रीमान ६२ वर्षका हिमाल प्रसाद श्रेष्ठ घाईते भएका छन् । उनको अवस्था सिरियस रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनको अहिले लुम्विनी मेडिकल कलेज प्रवासमा उपचार भइरहेको छ । टिपर र टिपर चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिपेन्द्र जिसीले बताए ।

तानसेनमा दिनहुँ जसो दुर्घटना बढ्दै गएका छन् । चालकहरुको लापरवाहीका कारण तानसेनमा दिनहुँ दुर्घटनाहरु बढ्दै गएका हुन् । तीन दिनको अवधिमा तानसेनमा दुर्घटनाबाट तीन जनाले ज्यान गुमाएका छन् । स्मरण रहोस् गत मंगलबार तानसेन नगरपालिका हार्थोक सडक खण्डमा टिपर दुर्घटना हुँदा चालक नवलपरासी सुनवल नगरपालिका ३ का मधु मर्पाङ मगरको मृत्यु भएको थियो भने बुधबार तानसेन नगरपालिका –१४, अर्गलीस्थित पाल्पा–गुल्मी सडक खण्डको कुँडापानीमा जिप दुर्घटना हुँदा रुपन्देही सैनामैना नगरपालिका १ का ५५ वर्षकी धनकली विकको मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मनसुन सक्रिय, धेरै ठाउँमा भारी वर्षाको सम्भावना

आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज, देश–विदेशमा विविध कार्यक्रम

सम्बन्धित

प्रधानमन्त्री बालेन र सभापति लामिछानेबीच ४ घण्टा छलफल

गणेश नेपाली प्रकरणमा सरकार–परिवारबीच ९ बुँदे सहमति

शाही आयोग खारेजीको नजिर उद्धृत गर्दै सर्वोच्चले रोक्यो सम्पत्ति छानबिन

हास्यकलाकार दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

बझाङमा जिप दुर्घटनामा तीन यात्रुको मृत्यु, १० घाइते

चौरजहारीमा ४८ मिटर गहिराइबाट स्वच्छ पानी भेटियो, दीर्घकालीन खानेपानी समाधानतर्फ महत्वपूर्ण उपलब्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu