बुटवल, २२ फागुन ।
कोरोना भाइरसको प्रकोपको सम्भाब्यता संगै माक्सको कालो बजारी गर्ने माथि प्रहरीले कडाई गर्न थालेको छ । बर्दियाको गुलरियामा बढी मुल्यमा माक्स बिक्री गर्ने एक जना ब्यवसायीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आज सांझ ५ बजे बर्दिया गुलरिया नगरपालिका वडा नं.७ स्थित मध्यपश्चिम पोलिक्लिनिकबाट बढी मुल्यमा माक्स बेच्दै गर्दा प्रहरीले छापामारी क्लिनिकमा काम गर्ने बिरेन्द्र थापालाई नियन्त्रणमा लिएको छ । प्रहरीले चेकजाँच गर्दा क्लिनिकबाट सर्जिकल माक्स ४५ रुपैयांमा बिक्री गरेको बिल ठेलीबाट देखिन आएको समेत प्रहरीले जनाएको छ ।
कोरोनाको प्रभावको चर्चा संगै बजारमा कतिपय ब्यवसायीहरुले माक्स लुकाउनुका साथै बढी मुल्यमा बेच्न थालेपछि सरकारले कडाई गर्न स्थानीय प्रशासनलाई निर्देशन दिएको छ ।
प्रतिक्रिया दिनुहोस्