काठमाडौँ, १० मंसिर । सुरक्षा व्यवस्थाका कारण निर्वाचन बहिस्कार सफल नभएपछि सिके राउतका कार्यकर्ताहरुले मतदाताहरुलाई मत बदर गर्नै तरिका सिकाउदै हिडेकाछन् । प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन वहिस्कार गरिरहेको सिके राउत समुहले स्थानीय मतदातालाई बदर मतदान गर्न प्रचार प्रसार गरिरहेको छ । गलत तरीका सिकाउंदै हिंडने सिकेराउतको एक कार्यकर्तालाइ शनिवार राजविराजमा प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका–१ बस्ने ज्ञानेन्द्र खड्का रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक धुव्रकुमार श्रेष्ठले जनकारी दिएकाछन् । राजविराज–७ स्थित शिवमन्दिर परिसरमा मधेश गठबन्धनले आयोजना गरेको चुनावी सभामा उपस्थित स्थानीवासीलाई मतपत्रको कोठा बाहिर मतदान गर भन्ने लेखिएको सिके राउतको प्रर्चा वितरण गर्ने क्रममा उनलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए ।
स्वच्छ एवम् भयरहित शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गराउने उद्देश्यका साथ सप्तरी जिल्लामा सुरक्षा सतर्कता बढाइएको छ । प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेयका अनुसार सप्तरी जिल्लामा कुल २ सय ९५ मतदानस्थलमध्ये २ सय ७ वटा मतदानस्थल अति संवेदनशील र ८८ संवेदनशीलको सूचीमा राखेर सुरक्षा सतर्कता बढाइएको उनले बताए । यही मंसिर २१ गते दोस्रो चरणमा हुनलागेको प्रतिनिधि र प्रदेशसभा निर्वाचनलाई लक्षित गरी नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनासमेत गरी करिब चार हजार सुरक्षाकर्मी परिचालन गरिएको प्रजिअ पाण्डयेले बताए ।
प्रतिक्रिया दिनुहोस्