ABC NEWS NEPAL | No.1 News channel of Nepal
२९ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चीनमा मास्क उत्पादनमा तीव्रता : दैनिक ११ करोड मास्क उत्पादन


एबीसी न्यूज
२५ फाल्गुन २०७६, आइतबार   १२ : ३७   बजे

काठमाडौं, २५  फागुन । कोरोना भाइरस (कोविड–१९)  को महामारीसँगै चीनले मास्कको उत्पादनमा तीव्रता ल्याएको छ। यो कोविड–१९ संक्रमितबाट श्वासप्रश्वासको माध्यमबाट तुरुन्तै सर्ने भएकाले सबैभन्दा सुरक्षित रहने उपाय भनेको मास्क लगाउनु हो। यस संक्रमण फैलिएदेखि नै चीनमा मास्कको अभाव भएको थियो।

हाल चीनले दैनिक ११ करोड थानभन्दा बढी मास्क उत्पादन गर्न थालेको छ। चीनको राष्ट्रिय विकास तथा सुधार आयोग ९एनडीआरसी०ले चीनमा मास्कको दैनिक उत्पादन फेब्रुअरीको अन्तदेखि ११ करोड ६० लाख थानभन्दा बढी पुगेको जनाएको छ। महामारीको प्रारम्भिक अवस्थामा मास्कलगायतको अभावले चिकित्साकर्मी तथा सर्वसाधारणको जीवनमाथि प्रभाव पारेको थियो। हाल आपूर्ति र मागको दूरीलाई प्रभावकारी रूपमा कम गरेको जनाइएको छ।

एनडीआरसीका अनुसार गत शनिबारबाट दैनिक ११ करोड ६० लाख थान मास्क उत्पादन भइरहेका छन्। जुन फेब्रुअरी १ को तुलनामा १२ गुणा बढी हो। दैनिक लाखौं मास्क आवश्यक भएपछि चीनले धमाधम उत्पादन बढाएको हो। कतिपय अरू किसिमका कारखानामा समेत मास्क उत्पादन यन्त्र स्थापना गरी मास्क उत्पादन गरिरहेको छ। गत फेब्रुअरी १९ तारिखबाट शाङहाई मोटर लिमिटेड समूह मातहतको बुलिङ कम्पनीले समेत मास्क उत्पादन गर्दै मास्क उत्पादन गर्ने चीनको पहिलो मोटर व्यवसाय बनेको छ।

यसैगरी राष्ट्राध्यक्ष सी चिनफिङले फेब्रुअरी २४ तारिख आयोजित कोविड ९१९ को प्रतिरोध र नियन्त्रण तथा आर्थिक र सामाजिक विकासलाई अघि बढाउने कार्य सम्मेलनलाई सम्बोधन गर्दै चिकित्सा क्षेत्रमा प्रयोग गरिने प्रतिरोधात्मक पोशाक र मास्क लगायतका सामग्री उत्पादन गर्ने उद्योगलाई चाँडै उत्पादन पुनः शुरु गर्न र विविध तरिकामार्फत उत्पादन क्षमता बढाउन आग्रह गरेका थिए। यसैबीच चिनियाँ वाणिज्य मन्त्रालयले बिहीवार चीनले मास्क र सम्बन्धित कच्चा मालको निर्यातमा प्रतिबन्ध नलगाएको जनाएको छ। मन्त्रालयका अनुसार चीनमा मास्कको माग अझै पनि उच्च छ र हाल ठूलो संख्यामा उद्योगहरूले ठूलो परिमाणमा काम गर्न थालेका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मनसुन सक्रिय, धेरै ठाउँमा भारी वर्षाको सम्भावना

आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज, देश–विदेशमा विविध कार्यक्रम

सम्बन्धित

प्रधानमन्त्री बालेन र सभापति लामिछानेबीच ४ घण्टा छलफल

गणेश नेपाली प्रकरणमा सरकार–परिवारबीच ९ बुँदे सहमति

शाही आयोग खारेजीको नजिर उद्धृत गर्दै सर्वोच्चले रोक्यो सम्पत्ति छानबिन

हास्यकलाकार दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

बझाङमा जिप दुर्घटनामा तीन यात्रुको मृत्यु, १० घाइते

चौरजहारीमा ४८ मिटर गहिराइबाट स्वच्छ पानी भेटियो, दीर्घकालीन खानेपानी समाधानतर्फ महत्वपूर्ण उपलब्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu