काठमाडौं, २६ फागुन । नेपालीको प्रमुख रोजगारगन्तव्य मुलुक कतारले नेपालसहित १४ मुलुकका नागरिकलाई प्रवेशमा रोक लगाएको छ ।
विश्वव्यापी रूप लिइरहेको कोरोना भाइरसप्रति सतर्कता अपनाउ“दै १४ देशका नागरिकलाई प्रवेशमा रोक लगाइएको त्यहा“को द गभरमेन्ट कम्युनिकेसन अफिस (जीसीओ) ले जनाएको छ । अल्पकालीन प्रवेशमा रोक लगाइएका मुलुकहरूमा नेपाल, बंगलादेश, चीन, इजिप्ट, भारत र इरान छन् ।
त्यस्तै, इराक, लेवनान, पाकिस्तान, फिलिपिन्स, दक्षिण कोरिया, श्रीलंका, सिरिया र थाइल्यान्ड नागरिकलाई पनि कतार प्रवेशमा रोक लगाइएको छ । विश्वव्यापी रूप लिइरहेको कोरोना भाइरसको संक्रमण कोरियामा पनि देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्