ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ट्राफिक नियम उल्लङ्घन गर्ने दुई हजार सवारीसाधन कारवाहीमा


admin
२६ फाल्गुन २०७६, सोमबार   ८ : ५६   बजे

काठमाडौं, २६ फागुन । ट्राफिक प्रहरीले होली पर्वका अवसरमा उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार ९४१ सवारीसाधनलाई कारवाही गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज होली पर्वको अवसर पारेर जथाभावी सवारी चलाउने चालकलाई कारवाही गरेको हो ।

कारवाही पर्नेमा एक हजार ६४५ दुईपाङ्ग्रे तथा २९६ चारपाङ्ग्रे सवारीसाधन छन् । महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले मादक पदार्थ सेवन गरी सवारी चलाउने, क्षमताभन्दा धेरै राखेर सवारी चलाउने, मोटरसाइकलमा तीनजना राखेर चलाउने तथा ठूलो आवाज निकालेर तीव्र गतिमा चलाउने चालकलाई कारवाही गरिएको जानकारी दिनुभयो ।

ट्राफिक प्रहरीले होली पर्वका अवसरमा बिहान ७ देखि साँझ ७ बजेसम्म ७६ स्थानमा विशेष जाँचको व्यवस्था गर्नाका साथै १४ वटा मोबाइल भ्यानबाट समेत जाँच गरेको थियो । महाशाखाका प्रवक्ता, प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले होलीको समयमा ठूला दुर्घटना नभए पनि २० वटा दुर्घटना भएको जानकारी दिनुभयो । उक्त दुर्घटनामा १९ जना सामान्य घाइते भएको उहाँले बताउनुभयो । ५६६ ट्राफिक प्रहरीलाई काममा खटाएको थियो ।

‘उत्कृष्ट चालक र सहचालकलाई पुरस्कार दिइने’

चन्द्रागिरि यातायात प्रालिले सडक दुर्घटना नगराउने उत्कृष्ट चालक तथा सहचालकलाई पुरस्कार दिने भएको छ । प्रालिले आज यहाँ चालक तथा सहचालक प्रशिक्षण कार्यक्रममा ट्राफिक नियम पालना गर्ने चालक र सहचालकलाई पुरस्कार दिने घोषणा गरेको हो ।

सो प्रालिका अध्यक्ष गौतम श्रेष्ठले यात्रुलाई राम्रो सेवा प्रदान गर्ने चालक तथा सहचालकलाई प्रत्येक महिना रु तीन हजारका दरले पुरस्कार दिने घोषणा गर्नुभयो । महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख, प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले सार्वजनिक सवारीसाधनलाई मर्यादित र सुरक्षित बनाउन चालक तथा सहचालकको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्नुभयो । उहाँले मादक पदार्थ सेवन, लागुऔषध सेवन गरी सवारी चलाउनेविरुद्ध प्रहरीले पक्राउ गरी मुद्दा चलाएको बताउँदै सजक र संयम भएर सवारी चलाउन आग्रहसमेत गर्नुभयो ।

महानगरीय ट्राफिक प्रहरी प्रभाग कलङ्कीका प्रमुख, प्रहरी निरीक्षक पुरुषोत्तम कार्कीले चालक र सहचालकलाई पुरस्कार दिँदा उनीहरुमा हौसला बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । चन्द्रागिरि यातायात हाल चन्द्रागिरिबाट रत्नापार्क चल्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group