ABC NEWS NEPAL | No.1 News channel of Nepal
२९ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्व स्वास्थ्य संगठनबाट कोरोना भाइरसको महामारी घोषणा


admin
२९ फाल्गुन २०७६, बिहिबार   १२ : ३२   बजे

काठमाडौं, २९ फागुन । विश्वव्यापी रुपमा फैलिँदै गएको कोरोना (कोभिड–१९) भाइरसलाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले विश्वव्यापी महामारी घोषणा गरेको छ ।

डब्लुएचओले पत्रकार सम्मेलनमार्फत् कोरोनाको विश्वव्यापाी महामारीको घोषणा गर्दै यो भाइरसलाई हल्का र लापरबाही रुपमा नलिन आग्रह गरेको हो । संगठनका महानिर्देशक टेड्रोस एड्हानोम गेब्रायसेजले पत्रकार सम्मेलनमा भाइरसको बढ्दो प्रभावलाई लिएर विश्व चिन्तित भएको भन्दै यसको रोकथामको लागि सचेत हुन आग्रह गर्नुभएको छ । कोरोना भाइरस नियन्त्रणको लागि आक्रामक निर्णय लिन समेत सबै देशका सरकारलाई आग्रह समेत गनुभयो ।

अमेरिकाले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलनबाट रोक्न युरोपबाट अमेरिकामा गरिने सबै यात्रामा प्रतिबन्ध लगाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आजदेखि ३० दिनसम्म लागु हुने गरी युरोप–अमेरिका यात्रामा प्रतिबन्ध लगाउने घोषणा गर्नुभएको हो । यो कडा र अत्यावश्यक प्रतिबन्ध बेलायतमा भने लागु नहुने राष्ट्रपति ट्रम्पले बताउनुभएको छ ।

छिमेकी भारतले पनि विदेशबाट भारत जाने भिसामा प्रतिबन्ध लगाएको छ । भारतीय स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसको संक्रमण रोक्नको लागि आउँदो १५ अप्रिलसम्म सबै भिसा निलम्बित गर्ने फैसला गरेको हो । प्रवासी भारतीय नागरिकलाई दिइने भिसामुक्त यात्राको सुविधामा पनि १४ अप्रिल २०२० सम्म प्रतिबन्ध लगाइएको छ । यो प्रतिबन्ध सबै विमानस्थल र बन्दरगाहमा १३ मार्च २०२० को मध्यरातदेखि लागु हुनेछ । भारतले कुटनीतिक, सरकारी, संयुक्त राष्ट्रसंघ, अन्तराष्ट्रिय संस्था, इम्प्लेइमेन्ट र प्रोजेक्ट भिसा बाहेक अन्य भिसा १५ अप्रिलसम्म निलम्बन गर्ने निर्णय गरेको हो ।

यसैबीच, भारतको उत्तरप्रदेशस्थित लखनउमा पनि कोरोना भाइरसको एक जना संक्रमित फेला परेको भारतीय संचार माध्यमले जनाएका छन् । क्यानडाबाट आफन्त भेट्न लखनउ पुगेकी महिलालाई कोरोना भाइरस पोजेटिभ देखिएको किंङ जर्ज मेडिकल विश्वविद्यालयले जनाएको छ । भारतमा संक्रमितको संख्या बुधबारसम्म ६१ रहेको छ ।

बेलायतमा चार सय ५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने आठ जनाले ज्यान गुमाएका छन् । अमेरिकामा अहिलेसम्म कोरोना भाइरसको संक्रमणबाट ३८ जनाको ज्यान गएको छ भने एक हजार तीन सय २२ जनामा संक्रमण भएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले कोरोना भाइरस विश्वभरको दुश्मन भएको भन्दै यसलाई चाँडो नियन्त्रण गर्नुपर्नेमा जोड दिनुभएको छ । युरोपको इटली, फ्रान्स, स्पेन, जर्मनी, स्वीजरल्याण्ड, नर्वे लगायतका देशमा कोरोनाको संक्रमण तीव्र बनेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मनसुन सक्रिय, धेरै ठाउँमा भारी वर्षाको सम्भावना

आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज, देश–विदेशमा विविध कार्यक्रम

सम्बन्धित

प्रधानमन्त्री बालेन र सभापति लामिछानेबीच ४ घण्टा छलफल

गणेश नेपाली प्रकरणमा सरकार–परिवारबीच ९ बुँदे सहमति

शाही आयोग खारेजीको नजिर उद्धृत गर्दै सर्वोच्चले रोक्यो सम्पत्ति छानबिन

हास्यकलाकार दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

बझाङमा जिप दुर्घटनामा तीन यात्रुको मृत्यु, १० घाइते

चौरजहारीमा ४८ मिटर गहिराइबाट स्वच्छ पानी भेटियो, दीर्घकालीन खानेपानी समाधानतर्फ महत्वपूर्ण उपलब्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu