काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान बालुवाटार पुगी प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यस्थिति बारे जानकारी लिनुभएको छ ।
भेटका क्रममा अध्यक्ष प्रचण्डले मिर्गौलाको प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएकोमा बधाई दिनुभयो । अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीको शीघ्र स्वास्थ्यलाभको कामना गर्नु भएको थियो ।
अध्यक्ष प्रचण्डले समसामयिक राजनीतिक गतिविधिका बारेमा पनि प्रधानमन्त्री ओलीलाई जानकारी गराउनुभएको थियो ।
प्रधानमन्त्री ओली १२ दिन अस्पताल बसाईपछि हिजो सांझ डिस्र्चार्ज प्रमको सरकारी निवास बालुवाटार फर्कनु भएको थियो । हाल प्रम ओली बालुवाटारमा बनाइएको विशेष कक्षमा आराम गरिरहनु भएको छ । प्रम ओली केही दिनको आराम र थप फलोअप चेकपछि नियमित काममा फर्कन सक्नुहुने उहांका चिकित्सकहरुले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्