काठमाडौं, २ चैत । कोरोना भाइरस कोभिड १९ विरुद्ध साझा रणनीति तय गर्न दक्षिण एसियाली सहयोग संगठन (सार्क) सार्क राष्ट्रका राष्ट्र तथा सरकार प्रमुखहरूबीच भिडियो कन्फ्रेन्स सुरु भएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्तावमा भैरहेको भिडियो कन्फ्रेन्समा सार्क राष्ट्रका राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरू सहभागी रहनुभएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वास्थ्यलाभको कामना गर्दै कन्फ्रेन्स सुरु गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्