ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चीनमा कोरोना बिरामीको सङ्ख्या १० हजारभन्दा कम, ६७ हजार सात सय ५८ जना उपचारपछि घर फर्किए


एबीसी न्यूज
३ चैत्र २०७६, सोमबार   २ : ०२   बजे

काठमाडौं, ३ चैत  ।  कोरोना भाइरस (कोभिड–१९) को उद्गमस्थल चीनमा सङ्क्रमितको र ज्यान गुमाउनेको सङ्ख्या घट्दै गएको छ ।

चीनमा कोरोना भाइरसका कारण तीन हजार दुई सय १३ जनाको ज्यान गएको छ भने ८० हजारभन्दा बढीमा सङ्क्रमण देखिइसकेको छ । तर पछिल्ला दिनमा सङ्क्रमण र ज्यान गुमाउनेको सङ्ख्या स्थिर जस्तै छ ।

आइतबार चीनमा १६ जना नयाँ व्यक्तिमा भाइरसको सङ्क्रमण देखिएको थियो भने १४ जनाले ज्यान गुमाएका थिए । ८० हजारभन्दा बढीमा सङ्क्रमण देखिएकोमा ६७ हजार सात सय ५८ जना उपचारपछि घर फर्किएका छन् । अहिले चीनमा कोरोना बिरामीको सङ्ख्या १० हजारभन्दा कम छ । ९ हजार आठ सय ८९ जनाको उपचार भइरहेको छ । उपचार गराइरहेका मध्ये तीन हजार दुई सय जना गम्भीर छन् ।

विश्वव्यापी रुपमा फैलिएको कोरोनाको कारण अहिलेसम्म ज्यान गुमाउनेको सङ्ख्या ६ हजार पाँच सय २१ पुगेको छ । एक लाख ६९ हजार ९ सय १५ जनामा भाइरसको सङ्क्रमण पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढीमा बेपत्ता व्यक्तिका आफन्तलाई डीएनए नमुना दिन प्रहरीको आग्रह

बाढीको जोखिमबारे चीनसँग रियल टाइम सूचना आदानप्रदान भइरहेको छ : परराष्ट्र

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu