काठमाडौं ५ चैत । काठमाडौंको सानोभर्याङबाट प्रहरीले १० लाख थान मास्कसहित एक जनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले १० लाख थान मास्कसहित गोरखाका विनोद न्यौपानेलाई पक्राउ गरेको हो ।
बजार मूल्यभन्दा बढीमा बेच्न खोजेको सूचना आएपछि न्यौपानेलाई पक्राउ गरेर अनुसन्धान थालिएको महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाले बताउनुभयो । कालोबजारी गरेर सर्वसाधारणलाई दुःख दिइएको गुनासो आएपछि निगराढी बढाउने क्रममा न्यौपाने पक्राउ परेको उहांले बताउनुभयो । महाशाखाले मंगलबारै महाराजगञ्जबाट १४ हजार मास्क पनि बरामद गरेको थियो । त्यसअघि काठमाडौं प्रहरी परिसर, टेकुले २ चैतमा १० लाख ८ हजार मास्क बरामद गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्