काठमाडौं १०, मंसिर । प्रतिनिधि तथा प्रदेश सभाको पहिलो चरणको निर्वाचनमा ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा मतदान भैरहेको छ । अहिले १ बजेसम्म ४० प्रतिशत मत खसिसकेको निर्वाचन आयोगले जनाएको छ । । देशको ईतिहासमै पहिलो पटक यस प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन हुन गईरहेको छ ।
आदिवासी जनजाती अतिसिमान्तकृत थामी समुदायबाट केही राजनितिक दलका समानुपातिक उम्मेद्वारहरुले पनि आ–आफ्नो निर्वाचन क्षेत्रमा मतदान गर्नुभएको छ ।
नेकपा एमालेका प्रदेश नम्बर ३ दोलखा क्षेत्र नम्बर २ का प्रदेश सभाका समानुपातिक उम्मेदवार ठूला थामीले पनि आफ्नो निर्वाचन क्षेत्रमा मतदान गर्नुभएको छ । उहाँले विगु गाउँपालिका वडा नम्बर ६ आलाम्पुबाट मतदान गर्नुभएको हो ।
त्यसै गरी संघिय समाजवादी फोरम बाट दोलखा क्षेत्र नं २ का प्रतिनिधिसभा समानुपतिक उम्मेद्वार नानु थामीले पनि आफ्नो निर्वाचन क्षेत्रमा गएर मतदान गर्नुभएको छ । उहाँले कालिन्चोक गाउँपालिका कटुवा चौर वडा नम्बर ९ बाट मतदान गर्नुभएको हो । कालिन्चोक गाउँपालिका कटुवा चौरमा क, ख र ग गरि ३ समूहमा मतदान जारी रहेको छ ।
नयाँ शक्ति बाट सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का प्रदेशसभाका समानुपातिक उम्मेदवार शरण थामीले पनि मतदान गर्नुभएको छ । उहाँले त्रिपुरासुन्दरी गाउँपालिका चोकटी वडा नम्बर २ मा मतदान गर्नुभएको हो ।
प्रतिक्रिया दिनुहोस्