ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लागुऔषध प्रयोगकर्ताको सङ्ख्यामा वृद्धि


admin
१२ असार २०७४, सोमबार   २ : ३१   बजे

काठमाडौँ, १२ असार । नेपालमा लागुऔषध प्रयोगकर्ताको सङ्ख्या बर्सेनि बढ्दै गएको गृह मन्त्रालयले जनाएको छ ।

लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा नेपालमा लागुऔषध प्रयोगकर्ताको सङ्ख्या बढेको जानकारी दिइएको हो ।

गृह मन्त्रालयकाअनुसार नेपालमा लागुऔषध प्रयोग गर्नेको सङ्ख्या २०६९ सालमा ९१ हजार ५३४ थियो । २०६३ सालको तुलनामा यो झन्डै ४५ हजारले बढी हो ।

सो अवसरमा सहरी विकासमन्त्री प्रभु साहले लागुऔषध नियन्त्रणका लागि समाजका सबै पक्ष सक्रिय भएर लाग्नुपर्नेमा जोड दिदैं “लागुऔषध नियन्त्रण गर्ने कार्य गृह मन्त्रालय र सुरक्षा निकायबाट मात्र सम्भव छैन, यसका लागि सबै लाग्नुपर्छ भन्नुभयो ।”

उत्पादन र ओसारपसारलाई नियन्त्रण गर्नसके मात्र लागुऔषध नियन्त्रण हुन सक्छ उहाँले भन्नुभयो ।

गृहसचिव लोकदर्शन रेग्मीले विश्वमा लागुऔषध प्रयोगका कारण ठूलाठूला घटना घटेको भन्दै यसलाई नियन्त्रण गर्न गृह मन्त्रालयले महत्वपूर्ण भूमिका खेलिरहेको बताउनुभयो ।

संयुक्त राष्ट्र सङ्घको आह्वानमा नेपालले पनि लागुऔषध दुरुपयोग सम्बन्धी अन्तर्राष्ट्रिय दिवस मनाउन लागेको चर्चा गर्दै उहाँले यसलाई सफल बनाउन सरकारी तथा गैरसरकारी संस्थाको महत्वपूर्ण भूमिका रहेको छ भन्नुभयो ।

गृह मन्त्रालयका सहसचिव केदार न्यौपानेले विश्वमा ३० करोड जनसङ्ख्या अवैध लागुपदार्थ प्रयोगकर्ता रहेको बताउँदै “लागुऔषध प्रयोग गर्नेमध्ये धरैजसो व्यक्ति स्वास्थ्यसम्बन्धी समस्याबाट ग्रसित छन् भन्नुभयो ।”

गृह मन्त्रालयको आयोजनामा आज देशभर नै लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइरहेको छ ।

लागुऔषध नियन्त्रण शाखाले आव २०७३÷७४ मा १९ जिल्लामा गाँजा र अफिम नष्ट, झन्डै १० हजार विद्यार्थी तथा युवालाई यस सम्बन्धी चेतनामूलक कार्यक्रम, पूर्व लागुऔषध प्रयोकर्ताबाट तालिम प्रदान तथा ५० भन्दा बढी पुनःस्थापना केन्द्रको अनुगमन गरेको जनाएको छ ।

मन्त्रालयले सन् २०११ देखि २०१६ सम्म लागुऔषध प्रयोग गरी जेलपर्नेको सङ्ख्या १५ हजार ४९३ पुगेको जानकारी दिएको छ ।

यसअघि लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्ध सचेतना जगाउने उद्देश्यले रत्नपार्कबाट बाजागाजासहित निस्केको पदयात्रा असन, जमल, दरबारमार्ग हुँदै नेपाल प्रज्ञा प्रतिष्ठान पुगेर सम्पन्न भएको थियो ।

सो पदयात्रामा नेपाल सरकार गृह मन्त्रालयका कर्मचारी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षकलगायत प्रहरी अधिकृत तथा विभिन्न विद्यालयका विद्यार्थीलगायतका सहभागिता थियो । रासस

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवा बाढी : चितवनमा हालसम्म १३५ शव फेला, पहिचानका लागि अस्थायी कक्ष स्थापना

रसुवा बाढी : आफ्ना १८ नागरिक खोज्न तस्बिरसहित घटनास्थल पुगे थाहा नगरप्रमुख

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Russian-Bound Turkish Cargo Ship Damaged in Black Sea Drone Strike

Russia Accuses Ukraine of Targeting Civilian Vessels in Black Sea

Ceuta Residents Demolish Migrant Camps Amid Escalating Protest

Denmark to Compensate Greenlandic Women Over Decades-Long Contraceptive Abuse

Pentagon Uncovers Hidden Files Related to Afghanistan Withdrawal

UK Expected to Ban Goods from Israeli Settlements, Drawing Widespread Support

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu