बुटवल, १२ चैत्र, सरकारले गरेको लकडाउनलाई स्थानीयबासीले अवज्ञा गर्नेक्रम जारी राखेपछि प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले टोल टो्लमा नाकाबन्दी गर्न आह्वान गर्नुभएको छ । आज आफ्नो फेसबुक वालमा स्ट्याटर पोष्ट गर्दै मुख्यमन्त्री पोखरेलले टोलबिकास संस्थाहरुले टोल बाहिरका मानीसलाई टोलमा प्रवेश गर्न नदिन र टोलबासीको स्वास्थ्य सुरक्षामा सक्रिय हुने आग्रह गर्नुभएको छ ।
उहांले आफ्नो पोष्टमा बाहिरका बासिन्दालाई टोलमा आउन नदिन र टोलका वासिन्दाहरु पनि वाहिर नजान भन्नुभएको छ । खाद्यान्न र तरकारीको व्यवस्था टोलकै पसलहरुमा मिलाउन आग्रह गर्दै मुख्यमन्त्री पोखरेलले कोरोना भाइरसवाट जोगिन सामाजिक र व्यक्तिगत दुरीलाई निरन्तर कायम राख्न आवश्यक रहेको बताउनु भएको छ ।
प्रदेश ५ को राजधानी बुटवल लगायतका शहरहरुमा बिभिन्न बहाना बनाएर स्थानीयबासीहरुले लकडाउनको उल्लंघन गरेको समाचार आएपछि मुख्यमन्त्रीको यस्तो स्ट्याटस आएको बुझिएको छ । मंगलबार पनि पोखरेलले सरकारको निर्देशन कडाईकासाथ पालना गर्न समबन्धीत निकायलाई निर्देशन गर्नुभएको थियो ।सरकारले हिजो चैत्र ११ गतेबाट कोभिड १९ को रोकथाम तथा नियनत्रणकालागि देशै भर लक डाउनको घोषणा गरेको छ ।
प्रतिक्रिया दिनुहोस्