ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रुपन्देहीमा कोरोना परिक्षण सुरु, पहिलो रिपोर्ट ‘नेगेटिभ’ !!


sharan sharan
२३ चैत्र २०७६, आइतबार   ९ : ३१   बजे

बुटवल, २३ चैत । संघिय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ७ वटै प्रदेशमा प्रयोगशाला संचालन भएको घोषणा गरेको झण्डै ५ दिन पछि प्रदेश ५ को राजधानी रुपन्देहीमा आइतबार मध्यान्ह देखि कोरोना भाइरस परिक्षण सुरु गरिएको छ । रुपन्देहीको भैरहवा स्थित राष्ट्रिय गुहंबाली अनुसन्धान केन्द्रको हाता भित्र स्थापना गरिएको प्रदेशस्तरीय प्रयोगशालामा कोरोना भाइरसको परीक्षण सुरु भएको हो ।
प्रयोगशालामा आइतबार दिउँसो मात्रै कोरोना जाँच गर्ने मुख्य उपकरण बायोसेफ्टी क्याबिनेटमा एयर सर्कुलेसनको सफल परीक्षण भएपछि परिक्षण सुरु भएको हो । प्रयोगशालाबाट एक घन्टामा एकजना र प्रति दिन १६ जना सम्मको नमूना परीक्षण गर्न सकिने प्रदेश ५ को प्रादेशीक स्वास्थ्य प्रयोगशाला प्रमुख डाक्टर राजेन्द्र गिरीले जानकारी दिनु भयो ।
कोरोना जाँचका लागि स्थापना गरिएको प्रयोगशालामा पोर्टेबल पीसीआर मेसिन संघीय सरकारले उपलब्ध गराएको हो । कोरोना जाँचका लागि रियलटाइम पीसीआर मेसिन मुख्य उपकरण मानीन्छ । प्रयोगशालामा बाहिरी हावा पस्न नसक्ने तथा प्रयोगशालामा कार्यरत प्राविधिकको सुरक्षा र प्रयोग गरिएका नमूनाहरु हानिकारक तत्वबाट जोखिम नहुने गरि बायोसेफ्टी लेबल समेत तयार भएको डाक्टर गिरीले बताउनु भयो ।
संघिय सरकारले पठाएको पीसीआर र किटसहितको सामग्री चैत २० गते बुटवल आईपुगे पनि मेसिन जडान लगायतका सबै काम आज मात्रै सकिएको थियो । कोरोना जांचका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंका माईक्रोबायोलोजिष्ट बिष्णु रायमाझी, रामबहादुर खड्का र खेमध्वज बस्नेतको टोली आएको छ ।
प्रदेशमा प्रयोगशाला नहुँदा स्वाबहरु संकलन गरी काठमाडौं पठाउनुपर्ने वाध्यता थियो । आज पहलो परिक्षणकारुपमा पाल्पाबाट आएको स्वावको नमुना परिक्षण गरिएको र नेगेटिभ रिपोर्ट आएको प्रयोगशाला श्रोतले जनाएको छ । प्रयोगशाला संचालन भएसंगै आज बांकेबाट २३ वटा नमुना परिक्षणकालागि बुटवल पठाईएको स्वास्थ्य कार्यालय बांकेका फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।
यो बाहेक प्रदेश ५ सरकारले दाङ र नेपालगन्जमा पनि प्रयोगशाला स्थापना गर्दैछ । तर त्यहाँ भने संचालनमा आउन केही दिन लाग्ने छ ।
रुपन्देहीमा प्रयोगशाला स्थापना भएपछि रुपन्देहीसँगै कपिलवस्तु, पश्चिम नवलपरासी, पाल्पा, अर्घाखाँची र गुल्मी जिल्लाका कोरोना शंकास्पद बिरामीको स्वाब परीक्षण र रिपोर्ट छिटो आइ उपचार सहज हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group