ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चीनमा कोरियो मिरर अफ नेपाल


admin
११ मंसिर २०७४, सोमबार   ३ : ०८   बजे

(बेइजिंग) चीन, ११ मंसिर । चिनियाँ कलाकारले कोरेका नेपालसम्बन्धी चित्रहरुको पाँच दिवसीय प्रदर्शनी चीनको च्यांगसु प्रान्तको एक सहरमा सुरु भएको छ ।

नेपाल भ्रमण गरेर फर्किएपछि चार वर्ष लगाएर कलाकार लिउ फिंग छिउले कोरेका ९० वटा चित्रकला समावेश गरि छांगचौ महानगरमा रहेको लिउ हाइ सु ग्यालेरीमा ‘मिरर अफ नेपाल’ शीर्षकको एकल चित्रकलाको प्रदर्शनी शनिबार सुरु भएको हो ।

छांग चौ महानगरपालिकको चिनियाँ कम्युनिष्ट पार्टी महानगर कमिटी, संस्कृति, संचार तथा प्रकाशन कार्यालय र च्यांग्सु कलाकार संघले आयोजना गरेको प्रदर्शनी पाँच दिनसम्म रहने छ ।

ुपवित्र पर्वतको फेदीमाु, दैनिक जीवन र सूर्याेदयको मुहारु भन्ने उपशीर्षकमा समेटिएका चित्रकलाको प्रदर्शनीका लागि सांघाईस्थित नेपाली अवैतानिक वाणिज्यदूतावास, छांग चौ कलाकार संघ र अन्तरराष्टिय मित्रताका लागि चिनियाँ जनसंघ छांग् चौले सहयोग गरेका छन् ।

सन् २०१३मा नेपाल भ्रमण गरेका कलाकार लिउले चिनियाँ मसी, कुची र कागजमार्फत नेपालको वास्तविक रहनसहन, प्राकृतिक सौन्दर्यता, सांस्कृतिक विविधतालगायतका विषयलाई चित्रमा उतारेको बताउनुभयो ।

चीनका लागि नेपाली राजदूत लीलामणि पौडेलले कलाकार लिउको कलामा नेपालको संस्कृति, प्राकृतिक सौन्दर्यता र विविध जनताको चित्रण गरिएको बताउनुभयो । प्रदर्शनीको लागि पठाउनुभएको शुभकामना सन्देशमा राजदूत पौडेलले प्रकृति र मानवप्रति देखाउनुभएको अभिरुची तथा प्रदर्शनी आयोजनाका खातिर गर्नुभएको मिहिनेतका लागि कलाकार लीउप्रति अभार व्यक्त गर्नुभयो ।

प्रदर्शनीमार्फत चिनियाँ जनतालाई नेपालको बारेमा बुभ्mन र दुबै देशबीचको जनस्तरको सम्बन्ध अझ बलियो बनाउन सहयोग पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

dav

चिनियाँ कलाकार संघलगायत थुप्रै संघसंस्थामा अवद्ध ६८ वर्षीय कलाकार लीउका चित्रहरुले थुपै राष्टियस्तरको पुरस्कार पाएका छन् । उहाँको चित्रकला चीनको राष्टिय कला संग्रहालय, चिनियाँ केन्द्रीय ललितकला प्रतिष्ठानलगायत संस्थाहरुमा संग्रह गरिएका छन् ।

प्रदर्शनीका लागि अमेरिका, जापान, स्पेन, कोरिया, सिंगापुर, मलेसियालगायतका देश पुर्याएका उहाँका चित्रहरु विदेशमा पनि संग्रह गरिएका छन् । उहाँका चित्रकलाहरु संग्रहहरुको रुपमा पनि प्रकाशित रहेको उद्घाटन कार्यक्रममा वितरित प्रेस विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

४ अर्ब २० करोड बढेर आयो सुदूरपश्चिमको बजेट, कृषि र पूर्वाधार प्राथमिकतामा

कर्णालीले ल्यायो ३५ अर्ब ३९ करोड बजेट, कृषि र पूर्वाधार प्राथमिकतामा (पूर्णपाठ)

लुम्बिनीले ल्यायो ३७ अर्ब ३८ करोडको बजेट, यस्ता छन् प्राथमिकता (पूर्णपाठ)

गण्डकी सरकारले एक अर्ब बढाएर ल्यायो बजेट (पूर्णपाठ)

मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड (पूर्णपाठ)

संघाई समूहको मनोमानीले संकटमा इलाम चिया बगान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group