काठमाडौं २८ चैत । नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोभिड–१९ का विरुद्ध लड्न सर्वदलीय संयन्त्र बनाउनु पर्ने प्रस्ताव अघि सार्नुभएको छ । विहीबार सांझ इमेज च्यानलसंग कुरा गर्दै प्रचण्डले विश्वव्यापी महामारी बनेको कोभिड–१९ विरुद्धको लडाईंका लागि संसदमा रहेका सबै दलका प्रमुखहरुको सहभागी तामा प्रधानमन्त्रीको नेतृत्वमा सर्वदलीय संयन्त्र बनाउन प्रस्ताव गर्नुभएको हो । प्रचण्डका अनुसार यसप्रकारको संयन्त्र भएमा अनावश्यक हल्ला र अनयमितता समेत रोकिने छ ।
केही स्वास्थ्य उपकरण खरिद प्रत्रियामा प्रधानमन्त्रीले नै छानविन गर्ने नेकपाको सचिवालय बैठकमा बताएको प्रचण्डले जानकारी दिनुभएको थियो ।
प्रचण्डको दिनचर्या आजकल इतिहास तथा विश्व अर्थतन्त्र सम्वन्धी पुस्तक पढ्नमा र क्रोनाको महामारी पछि विश्व व्यवस्था नै कस्तो होला भन्नेमा चिन्तन गरिरहेको बताउनु भएको छ । प्रचण्डल अहिले दि एशिय एज, ब्रोकन लिडर, तथा एफ्ट गान्धी नामक लगायतका पुस्तक पढ्ने र नेपालको समस्यामा कसरी सहयोगी बनाउने भन्नेमा लाग्न भएको छ ।
भिडियो
प्रतिक्रिया दिनुहोस्