ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरोना संकटका कारण नेपाली अर्थतन्त्रमा गम्भीर संकट पर्ने, आर्थिक वृद्धिदर बढीमा २ दशमलब ८ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण


एबीसी न्यूज
३० चैत्र २०७६, आइतबार   २ : ०५   बजे

काठमाडौं, ३० चैत । कोरोना संकटका कारण नेपाली अर्थतन्त्रमा गम्भीर संकट पर्ने देखिएको छ ।  विश्व बंैकले आज एक प्रक्षेपण गर्दै कोरोना भाइरसका कारण नेपालको अर्थतन्त्रले गम्भीर संकटको सामना गर्नुपर्ने आंकलन गरेको हो । विश्व बैंकले आर्थिक वृद्धिदरमा पनि उच्च गिरावट आउने निस्कर्ष निकालेको छ । दक्षिण एसियाली देशहरुको आर्थिक अवस्थाबारे रिर्पोट सार्वजनिक गर्दै विश्व बैंकले अर्थतन्त्रमा पर्ने संकटको असर न्यूनिकरण गर्न विशेष ध्यान दिनुपर्ने जनाएको छ । सन् २०२० मा परेको असर न्यूनीकरणमा बढी ध्यान दिनुपर्दा त्यसपछिका लगातार दुई आर्थिक वर्षको आर्थिक वृद्धि दरमा समेत असर पुग्ने आंकलन विश्व बैंकको रहेको छ । नेपालको अहिलेको आर्थिक वृद्धिदर ७ प्रतिशतको हाराहारीमा रहेको छ ।

एसियाली विकास बैंकले नेपालको आर्थिक वृद्धिदर ४.३ देखि ५.३ प्रतिशतको बीचमा रहने प्रक्षेपण गरेको थियो । विश्व बैंकले भारत, पाकिस्तान, बंगलादेश, भुटान, श्रीलंका मालदिभ्स, अफगानिस्तानको आर्थिक वृद्धदर समेत घट्ने प्रक्षेपण गरेको छ । श्रीलंका, मालदिभ्स, पाकिस्तान र अफगानिस्तानको आर्थिक वृद्धिदर ऋणात्मक हुने बैंकले अनुमान बैंकको छ । पर्यटनमा आधारित दक्षिण एशियाली मुलुकहरुको अर्थतन्त्र सबैभन्दा बढी धरासायी हुने बंैकले प्रक्षेपण गरेको छ ।

नेपाल लगायतका दक्षिण एशियाली देशहरुमा रेमिटयान्समा उल्लेख्य कमी आउंदा आर्थिक वृद्धिलाई प्रभावित पार्ने देखिन्छ । पर्यटन, व्यापार र औद्योगिक उत्पादन एवं त्यसको खपतमा कमीले आर्थिक वृद्धिदरलाई प्रभावित बनाउनेछ । पर्यटन, खुद्रा व्यापार र अनौपचारिक क्षेत्रमा काम गर्ने मानिसहरु कोभिडले बढी प्रभावित हुने छन् भने सामाजिक असमानताका कारण धनी र गरिब बीचको खाडल अझ बढी देखिने बैंकले उल्लेख गरेको छ । अर्थतन्त्रमा परेको प्रभाव नियन्त्रणका लागि सरकारहरुले उचित नीति ल्याउनुपर्ने सुझाव पनि विश्व बैंकले दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

सम्बन्धित

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

मृत व्यक्तिले अदालतमा बोले, हत्यारालाई क्षमा गरे !

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group