काठमाण्डौं, १२ मंसिर । लुम्बिनी बिकास बैंकले आफ्ना ग्राहकलाई बैंकमार्फत जीवन बिमा सेवा उपलब्ध गराउने उदेश्यले सूर्या लाइफ इन्सुरेन्ससंग सम्झौता गरेको छ । सम्झौतामा लुम्बिनी बिकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत झलकप्रसाद खनाल र सूर्या लाइफ इन्सुरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले हस्ताक्षर गर्नुभएको छ । सम्झौतापछि लुम्बिनी बिकास बैंकका ग्राहकहरुले बिमाशुल्क भुक्तानी, बिमा दाबी भुक्तानी लगायतका विभिन्न प्रकारका जीवन बिमा सेवा प्राप्त गर्ने बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्