काठमाण्डौं, १२ मंसिर । इङ्लिस प्रिमियर लिगको आइतबार राति भएको खेलमा अग्रिम स्थानमा रहेको म्यानचेस्टर सिटीले हर्डल्सफिल्ड टाउनलाई २.१ गोलले हराएको छ । खेलको ४५ औं मिनेटमा सिटीका निकोलस ओटामेन्टीको प्रहार आत्मघाती गोलमा परिणत भएपछि सिटी पहिलो हाफमा १ .० ले पछि परेको थियो । तर खेलको दोस्रो हाफको ४७ औं मिनेटमा सिटीले पेनाल्टीमार्फत गोल बराबरीमा फर्कायो । खेलको ८४ औं मिनेटमा सिटीका रहेम स्टर्लिङले गरेको गोल म्यानचेस्टर सिटीको लागि निर्णायक गोल बन्यो । राजीव भान ला पारा रातो कार्ड पाउदै बाहिरिए पछि हार्डसफिल्ड टाउन १० खेलाडीमा सिमित बनेको थियो ।
प्रतिक्रिया दिनुहोस्