ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाल्पामा प्रहरीकै मिलेमतोमा वाहिरी जिल्लावाट तरकारी भित्रियो


एबीसी न्यूज
११ बैशाख २०७७, बिहिबार   ११ : ०४   बजे

पाल्पा ११ बैशाख । कोरोना भाइरस संक्रमण रोकथामका लागि वाहिरी जिल्लावाट आउने तरकारीमा लगाइएको प्रतिवन्ध पाल्पामा प्रहरी बाट नै उल्घंन भएको छ ।
फलफुल, टमाटर र तरकारी जिल्ला प्रहरी कार्यालय र तानसेनका अन्य व्यापारीलाई विक्रि गरि बुर्तिवाङ जाने तयारीमा बुटवलवाट हिडेको लु १ च ४५८७ नं। को पिकअप बलेरो गाडी प्रहरीले राती नियन्त्रणमा लिएपछी यसको खुलासा भएको हो ।
तानसेनमा विक्रिका लागि भारतिय बजारको टमाटर आउने सुचनाका आधारमा साढे १० बजे राती तानसेन ७ प्रभासमा पुगेका पत्रकारलाई छलेर प्रहरीले गाडी नियन्त्रणमा लिएको हो । गाडीमा रहेको वस्तु चेकजाँच नगरी विलका आधारमा दोभान प्रहरी चौकीले छाडेको र बजारमा हल्ला भएपछि प्रभाष प्रहरी चौकीका प्रमुख एक्काबहादुर नेपालीको नेतृत्वमा हतपत २ वटा गाडी नियन्त्रमा लिइएको हो । गाडीमा वाहिरी आवरणमा फलफुल र भित्र भारतिय टमाटर रहेको छ ।

नियन्त्रणमा लिएको गाडीका साहु धनन्जय कुमारले लम्विनी क्षेत्रमा उत्पादन भएको टमाटर बुर्तिवाँङ लैजान लागेको तर प्रहरीले तीन क्यारेट टमाटर मागेपनी नपुग्ने भन्दै एक क्यारेटमात्र पैसा तिरेर लिने सहमती भएको बताउनुभयो । उहाँले तानसेनवाट धेरै व्यापारीको पटक पटक फोन गएको हुदाँ सवैलाइ हुन्छहुन्छ भनेको तर विक्रि गर्ने सामान नभएको बताउनुभयो । कल्पना फलफूल पसलको नाममा राजश्व तिरेको रसिदमा तरकारी र टमाटर छ । तर प्रहरीको कुनै नियमन नहुदाँ रातीको समयमा हुने चेकजाँचप्रति संका गर्ने ठाउ रहेको पत्रकार यज्ञमूर्ति तिमिल्सीनाले बताउनुभयो । उहाँका अनुसार गाडीमा भएको अण्डाको चलानी समेत गत चैत्र महिनाको रहेको बताउनुभयो । यसमा मिलोमतो नभै यसप्रकारको काम हुननसक्ने पत्रकारहरुले बताएका छन ।

उनिहरुले राज्य समयन्त्रकै नियतमा खोट देखीदा यसको नियमन कुन तहवाट हुन्छ र आम नागरीक सुरक्षित कसरी हुन्छन भन्ने विषय गम्भीर बनेको बताए । यस वारे जिल्ला प्रहरी कार्यालयका प्रमुख दिपेन्द्र जि।सीले पाल्पा जिल्लामा प्रतिवन्ध लगाइएपनि वाहिरी जिल्लाका गाडीहरु नरोकिएको बताउनुभयो । उहाँले प्रहरी कार्यालयका लागि मागिएको टमाटर वारे आफुलाइ जानकारी नभएकोले बताउनुभयो । प्रमुख जि।सीले यथार्थ वारे बुझन गाडी, गाडी चालक र साहुलाइ नियन्त्रणमा लिएकोले थप अनुसान्धान गरी दोषिलाई कारवाही गर्ने समेत बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

संसद्मा प्रेस स्वतन्त्रता, रवि–बालेनको प्रवेश र नियम उल्लंघनको विवाद : रास्वपा–एमालेबीच आरोप–प्रत्यारोप

सम्बन्धित

आत्मदाह प्रयास गरेका विवेक मण्डलको उपचारका क्रममा मृत्यु

गेट छेकेर पार्किङ गर्नेहरूलाई ट्राफिकको जरिवाना, घटनामाथि प्रश्न यथावत्

सुनसरीमा विद्युत कार्यालय धरानको गाडी दुर्घटना, २ जनाको मृत्यु

देशभर अधिकांश स्थानमा मध्यमसम्मको वर्षा, सावधानी अपनाउन आग्रह

काठमाडौँका नदीमा बाढीको जोखिम, भोलि बिहानसम्म सतर्क रहन आग्रह

लेदो झर्दा मुग्लिन–नारायणगढ सडकखण्ड दुईतर्फी अवरुद्ध

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu