काठमाडौं १४ वैशाख / ५ हप्तादेखि जारी लकडाउन थप एक हप्ता लम्ब्याउने तयारी सरकारले गरेको छ । यो निर्णय गर्न मन्त्रिपरिषदको बैठक दिउसो २ बजे बाालुवाटारमा बस्ने भएको छ । यस अघि नै आगामी जेठ २ गते सम्म आन्तरिक तथा बाह्य उडान बन्द गर्ने निर्णय भइसकेको छ ।
कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको शनिबारको बैठकमा लकडाउनको अवधि बढाउनेबारे छलफल भएको थियो । मुख्यसचिव नेतृत्वको कार्यदलले पनि एक हप्ता लकडाउन थप्न सिफारिस गरिसकेको छ।
चैत ११ गतेदेखि सरकारले लकडाउन सुरु गरेको हो ।
संक्रमण देखिएका र नदेखिएका क्षेत्रहरु छुट्याएर उद्योग धन्दा तथा कलकारखाना खोल्नेगरी लकडाउन खुकुलो बनाउने कि भन्ने विकल्पमा पनि छलफल हुने बताइएको छ ।
हालसम्म नेपालमा क्रोना भाइरसका संक्रमित ४९ जना भेटिए पनि त्यसमध्ये ९जना सन्चो भएर फर्केका छन् भने बांकी अवस्था समेत सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्