ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दोधारा चादँनीमा पनि चुनावी माहोल


admin
१३ मंसिर २०७४, बुधबार   १२ : ०१   बजे

भीमदत्तनगर, १३ मंसिर।  आसन्न मंसिर २१ गतेको निर्वाचन नजिकिँदै गर्दा महाकाली नगरपालिकामा नेपाली काँग्रेस र वाम गठबन्धनका उम्मेदवारले चुनावी घरदैलोलाई निकै गति दिएका छन् ।

सदरमुकाम रहेको भीमदत्तनगरभन्दा पनि उम्मेदवार दोधारा चाँदनीमा मतदातालाई रिझाउन उतै बाससमेत बस्न थालेका छन् । निर्वाचन क्षेत्र नं ३ को २२ हजारभन्दा बढी मतदाता महाकाली नगरपालिकामा रहेका छन् ।

महाकाली नदिको पुल

स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार वीरबहादुर सुनार नगर प्रमुखमा निर्वाचित हुनुभएको थियो । अंक गणित हेर्ने हो भने महाकाली नगरपालिकामा नेपाली काँग्रेसको प्रभाव क्षेत्र मानिन्छ । २०७० सालको संविधानसभाको निर्वाचनमा महाकाली नगरपालिकाबाट नेपाली काँग्रेसका नेता रमेश लेखकले अरु पार्टीका उम्मेदवारभन्दा दोब्बर बढी मत पाउनुभएको थियो ।
आसन्न निर्वाचनमा राजनीतिक दलले महाकाली नगरपालिकालाई निर्वाचन क्षेत्र नं ३ ‘ख’को उम्मेदवार दिएकोमा हर्षित छन् । “हामीलाई उम्मेदवार होइन, पार्टीले न्याय नै गरेका हुन् ।” महाकाली नगरपालिकाका स्थानीय भीमबहादुर सिंहले भन्नुभयो– “अहिलेसम्म माथिल्लो निकायमा यहाँका नेताले कुनै पार्टीबाट टिकट पाएका थिएनन् ।”

निर्वाचन क्षेत्र नं ३ को ‘ख’ प्रदेशसभा सदस्यमा नेपाली काँग्रेसले बेलबहादुर रानालाई उम्मेदवार बनाएको छ भने वाम गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार मानबहादुर सुनार चुनावी दौडमा छन् । दुवैजना महाकाली नगरपालिकाका स्थानीय भएकाले दोधारा चाँदनीवासीले पहिलोपटक भूगोललाई न्याय भएको बताइरहेका छन् ।

‘ख’ प्रदेशमा महाकाली नगरपालिकाका दश वटा र भीमदत्त नगरपालिकाका सात वडा रहेका छन् । दुवै उम्मेदवार यसअघि दोधारामा पूर्व गाविस अध्यक्ष समेत रहिसकेका छन् । यसअघि नेपाली काँग्रेसबाट हालका नगरप्रमुख वीरबहादुर सुनार सामुपातिक सांसदको उम्मेदवार रहे पनि सांसद भने हुन सक्नुभएन ।

नेपाली काँग्रेसबाट निर्वाचन क्षेत्र नं ३ ‘ख’ बाट प्रदेशसभा सदस्यका उम्मेदवार रहनुभएका बेलबहादुर रानाले प्रजातन्त्र आइसकेपछि दोधारा चाँदनीलाई पहिलोपटक आफूलाई उम्मेदवार बनाएर काँग्रेसले न्याय दिएको बताउनुभयो । “प्रदेशसभामा यहाँबाट पहिलो उम्मेदवार बन्ने व्यक्ति म नै हो ।”

रानाले भन्नुभयो–“दशकौँदेखि दोधारा चाँदनीमा राजनीति गरेकाले मत माग्न घरदैलोमा गइराख्नुपर्ने अवस्था पनि छैन ।” दोधारा चाँदनीको विकासका एजेण्डामा सुघाउ पु¥याउन आफू लामो समयदेखि समय खर्चेर लागेको बताउँदै रानाले आसन्न निर्वाचनमा प्रदेशसभामा विजयी हुने दाबी गर्नुभयो ।

“मतदाता दोधारा चाँदनीभन्दा पनि प्रदेशसभामा परेका भीमदत्त नगरपालिकाका वडामा घरदैलो गर्ने सुझाव दिइरहेका छन्” रानाले भन्नुभयो– “विगतको संविधानसभामा पार्टीले पाएको मत हेर्दा पनि विजय यात्रालाई कसैले रोक्न सक्दैन ।”

त्यसैगरी माओवादी केन्द्रका नेता तथा प्रदेश ‘ख’का उम्मेदवार मानबहादुर सुनारले सडक, सिँचाइलगायतका पूर्वाधार विकासका लागि मतदाता माग गरिरहेको बताउनुभयो । “विगतमा पनि यस क्षेत्रमा काम गरिसकेको धेरै अनुभव छन् ।” उहाँले भन्नुभयो– “सुख्खा बन्दरगाह निर्माणदेखि सिँचाइको व्यवस्था गर्ने मेरा मुख्य एजेण्डा हुन् ।” आफ्नो उम्मेदवारीले दोधारा चाँदनीका मतदाता उत्साही रहेको उम्मेदवार सुनारको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

सम्बन्धित

रास्वपालाई थप समावेशी बनाइँदै, चुनावी कार्यतालिका संशोधन

बालेनको शासन शैलीमा रविको ठप्पा : सरकार ‘रेजिम’का रुपमा अझ आक्रामक बन्ने !

एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने शक्ति अबको युगमा आउँदैन : सभापति लामिछाने

रास्वपाको पहिलो महाधिवेशनः ‘संवैधानिक समाजवाद’ कि नयाँ दक्षिणपन्थी लोकप्रियतावाद ?

बालेन सरकारको तीन महिनाः संसदसँग दूरी, अनुभवहीनता र ‘बदला राजनीति’ को जोखिम(भिडियोसहित)

बालेन समूह जोगाउन रास्वपाले बढायो सभापतिको अधिकार, रविलाई सर्वशक्तिमान बनाउने तयारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group