चितवन, १३ मंसिर । काठमाडौँंबाट नारायणगढतर्फ आउँदै गरेको बस इच्छाकामना गाउँपालिका– ३ चुम्लिङटारमा आज बिहान ९ः१५ बजे दुर्घटना हुँदा मृत्यु भएकामा चार पुरुष र दुई महिला छन् ।
घाइतेको संख्या २१ पुगेको छ । प्रजिअका अनुसार घाइतेमध्ये पाँच जनालाई थप उपचारका लागि काठमाडौँं र अन्यलाई भरतपुरतर्फ ल्याउँदै गरिएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार लु २ ख २९१ नंको उक्त बस काठमाडौँंतर्फ जाँदै गरेको ना ६ ख ४९७२ नंको ट्रकमा ठोक्किएर अनियन्त्रित भई सडकबाट त्रिशूली नदीमा खसेको हो ।
बस पानीमा डुबेका कारण थप क्षति हुन सक्ने अनुमान प्रहरीले गरेको छ । अहिले उद्धार जारी छ । काठमाडौँंबाट अर्घाखाँची जान आउँदै गरेको बस सडकबाट एक सय मि तल नदीमा पुगेको हो । दुर्घटनास्थल मुग्लिनबाट १३ किमी काठमाडौँंतर्फ पर्छ ।
सो बस काठमाडौँंबाट बिहान ५ः४० बजे हिँडेको प्रहरीले जनाएको छ ।
सो बसले बिहान बालाजुबाट २६ यात्रुको चलानी लिएर आएको थियो । त्रिशूलीमा खसेको बसको नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले खोजी गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्