ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले वाट्फोर्डलाई ४–२ गोलले हरायो


admin
१३ मंसिर २०७४, बुधबार   १२ : ३३   बजे

काठमाण्डौं, १३ मंसिर । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेडले वाट्फोर्डलाई ४–२ गोल अन्तरले पराजित गरेको छ ।

प्रभावशाली जित निकाल्दै म्यानचेस्टर युनाइटेडले शीर्ष स्थानको म्यानचेस्टर सिटीसंगको अंक दूरी पाँचमा छोट्याएको छ । अवे मैदानमा भएको खेलमा जोसे मोरिन्होको टिम म्यानचेस्टर युनाइटेडले वाट्फोर्डलाई ४–२ ले हराएको हो । म्यानचेस्टर युनाइटेडको जितमा एस्ली योङले दुई तथा एन्थोनी मार्सल र जेसी लिङगार्डले एक एक गोल गरे । वाट्फोर्डका लागि डिनी र डोउकोउरीले एक एक गोल फर्काए । १९ र २५ औं मिनेटमा योङ तथा ३२ औं मिनेटमा मार्सलले गोल गर्दै पहिलो हाफमा नै म्यानचेस्टर युनाइटेडलाई ३–० को अग्रता दिलाए । यो अग्रता ७७ औं मिनेटसम्म कायम रह्यो । डिनीले ७७ औं मिनेटमा पाएको पेनाल्टी मार्फत वाट्फोर्डका लागि एक गोल फर्काए । ८४ औं मिनेटमा डोउकोउरीले वाट्फोर्डका लागि अर्को गोल गरे । ८६ औं मिनेटमा लिंगार्डले गोल गरेपछि युनाइटेडले ४–२ को जित निकालेको हो । जितपछि म्यानचेस्टर युनाइटेडको १४ खेलबाट ३२ अंक भएको छ । एक खेल कम खेलको शीर्ष स्थानको म्यानचेस्टर सिटीको ३७ अंक छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सेनेगललाई पराजित गर्दै नर्वे नकआउट प्रवेश

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group