ABC NEWS NEPAL | No.1 News channel of Nepal
१६ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मोटरसाइकलको चर्को आवाजले सर्वसाधारण समस्यामा


admin
१२ असार २०७४, सोमबार   २ : ४१   बजे

पोखरा, १२ असार । पछिल्ला दिन युवा पुस्तामा अत्यन्त चर्को आवाजसहित मोटरसाइकल चलाउने बढ्दो प्रवृत्तिका कारण सहरी क्षेत्रमा ध्वनि प्रदूषण बढ्दै गएको छ ।

चर्को आवाजसहित मोटरसाइकल चलाएर त्यसलाई मनोरञ्जनका रुपमा लिने युवा सौखका कारण बजार क्षेत्रमा ध्वनि प्रदूषण त बढेको छ नै, त्यसले कमजोर मानसिक अवस्था र मुटुको समस्या भएका बिरामीलाई प्रतिकूल प्रभाव पार्ने गरेका छन् ।

चर्को आवाज निकाल्ने सवारी चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएर कारबाही गर्ने गरे पनि ट्राफिकलाई छलेर बजारका कुना कुनामा मोटरसाइकल चलाउनेका कारण थप समस्या बढ्दै गएको स्थानीयवासी बताउँछन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय, कास्कीका निमित्त कार्यालय प्रमुख प्रहरी नायव निरीक्षक शिवबहादुर थापाका अनुसार प्रहरीले चर्को आवाज निकालेर मोटरसाइकल चलाउनेलाई नियन्त्रणमा लिएर रु एक हजार ५०० सम्म जरिवाना गर्ने गरेको छ ।

“टोल बस्ती नै थर्किने गरी आवाज निकालेर मोटरसाइकल चलाउने, स्वरुप परिवर्तन (मोडिफाई) गर्ने सवारी साधनलाई नियन्त्रणमा लिएर हामीले कारबाही गर्ने गरेका छौँ”, उहाँले भन्नुभयो – “चर्को आवाज निस्कने मोटरसाइकल कम्पनीलार्ई आवाज कम हुने किसिमका हर्न प्रयोग गर्न लेखी पठाएका पनि छौँ ।”

जिल्ला ट्राफिक प्रहरी कार्यालय, पोखराको तथ्याङ्कअनुसार चालु आवको जेठ मसान्तसम्ममा जिल्लामा २२३ वटा मोटसाइकलको स्वरुप परिवर्तन (मोडिफाई) गरेका कारण तिनीहरू कारबाहीमा परेका छन् ।

कारबाही पर्नेमा बुलेट मोटसाइकल ९० वटा, पल्सर मोटरसाइकल ७५ वटा, डुक बाइक ३७ वटा र क्रस फायर १०५ वटा रहेका छन् ।

त्यस्तै प्रेसर हर्न प्रयोग गर्ने ६५ ट्रक, ८४ बस र ३५ कारजिपलाई नियन्त्रणमा लिएर कारबाही गरिएको प्रहरीले जनाएको छ ।

पछिल्ला दिन चर्को आवाज निकालेर मोटरसाइकल चलाउने क्रम निकै बढिरहेको पोखरा पर्यटन परिषद्का उपाध्यक्ष भरतराज पराजुलीले बताउनुभयो । विशेष गरी युवा पुस्तामा चर्को आवाजसहित मोटरसाइकल चलाउने प्रवृत्ति बढेको देखिन्छ, उहाँले भन्नुभयो –‘यसले पोखराको पर्यटनमा पनि प्रत्यक्ष असर पार्ने हुँदा यसलाई तत्काल नियन्त्रण गर्नु आवश्यक छ ।’

“चर्को आवाजसहित सवारी साधन चलाउने क्रमले बजारमा ध्वनि प्रदूषणका साथै त्यसले मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्ने गरेको छ”, उहाँले भन्नुभयो – “यसको तत्काल नियन्त्रणका लागि सवारी चालकका साथै चर्को आवाज निकाल्ने गरी साइलेन्सर बिगार्ने वर्कसपलाई पनि कारबाहीको दायरामा ल्याउनुपर्छ ।”

यसको नियन्त्रणका लागि विक्रेताले पनि बेच्दा राम्रोसँग सूचना दिएर बिक्री गर्नुपर्छ बताउँदै उपाध्यक्ष पराजुलीले पर्यटकीय नगरीलाई सुन्दर र शान्त बनाउन चर्को आवाज आउने किसिमका मोटरसाइकल नभित्र्याउन व्यवसायीलाई पनि आग्रह गर्नुपर्ने अवस्था आएको भन्नुभयो ।

चर्को आवाजले मानवीय स्वास्थ्यमा प्रत्यक्ष एवम् अप्रत्यक्ष दुवै रुपले असर पार्ने मुटुरोग विशेषज्ञ डा आशिष त्रिपाठी बताउनुहुन्छ ।

विशष गरी कमजोर मानसिक अवस्था भएका व्यक्तिलाई चर्को आवाजले प्रत्यक्ष असर पार्ने गरेको बताउँदै उहाँले यसले मुटुका रोगीलाई पनि अप्रत्यक्ष असर पार्ने गरेको धारणा व्यक्त गर्नुभयो । .

चर्को आवाजका कारण पर्यटकीय नगरी पोखराको वातावरणलाई प्रत्यक्ष प्रभावित गर्ने भएकाले यसतर्फ बेलैमा सोच्नु आवश्यक छ, पोखरा पर्यटन परिषद्का महासचिव कृष्ण भण्डारीले भन्नुभयो – “यसका कारण मानसिक तथा मुटु रोगीका बिरामीमा प्रतिकूल प्रभाव पार्ने भएकाले यसतर्फ सबैले चासो राख्नुपर्छ ।”

“पछिल्ला समयमा पोखरामा मोटरसाइकलको चर्को आवाजकै कारण मुटु तथा कमजोर मानसिक अवस्थाका व्यक्ति मुर्छा पर्ने, बेहोस हुनेजस्ता धेरै समस्या प्रत्यक्ष देखिन थालेका छन्”, उहाँले भन्नुभयो – “वातावरणीय प्रदूषणका साथै मानिस स्वास्थ्यसँग प्रत्यक्ष जोडिएका यो समस्यालाई अत्यन्त गम्भीरतापूर्वक समाधान गर्नु आवश्यक छ ।” रासस

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढी प्रभावित रसुवामा दक्षिण कोरियाले ४४ सदस्यीय उद्धार टोली पठाउँदै, नौ नागरिकको खोजीलाई प्राथमिकता

भोटेकोसी बाढी : राहत, उद्धार र पुनर्निर्माणमा विशेष ध्यान दिन राष्ट्रियसभाको आग्रह

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

DRC Parents Fear School Reopening Amidst Largest Ebola Outbreak

Israeli Attacks on Gaza Kill At Least Four, Including Children

Sweden Democrats’ Far-Right Campaign Upsets Minority Groups

Flash Flood in Nepal: 11,814 Rescued, 3,916 Missing, 987 Dead

Nepalese Foreign Minister Extends Condolences for King Harald V’s Death

‘Hit Them Hard’: Trump Signals New Phase in US-Iran Conflict

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu