ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नयाँ आर्थिक वर्षको बजेटको पहिलो प्राथमिकता जीवनरक्षा : अर्थमन्त्री खतिवडा


एबीसी न्यूज
३० बैशाख २०७७, मंगलबार   १० : ५२   बजे

काठमाडौँ, ३०  वैशाख। अर्थमन्त्री डा। युवराज खतिवडाले नयाँ आर्थिक वर्षको बजेटको पहिलो प्राथमिकता जीवनरक्षा भएको बताउनुभएको छ । कोरोना भाइरस ९कोभिड–१९०को रोकथाम गर्ने प्रयासमा अर्थतन्त्रमा देखिएका समस्याहरूको निराकरणसँगै नागरिकको जीवनरक्षा गर्न सरकार प्रतिबद्ध भएकोले त्यसलाई बजेटमा प्राथमिकता दिइने उहाँले स्पष्ट पार्नुभयो ।

आर्थिक गतिविधि र स्वास्थ्य सुरक्षालाई सँगसँगै अगाडि बढाउन खोजिएको प्रसङ्ग जोड्दै उहाँले भन्नुभयो, “यी दुवैको सन्तुलन मिलाउन खोजेका छौँ ।” अर्थमन्त्री डा। खतिवडाले राष्ट्रिय सभा बैठकमा आर्थिक वर्ष २०७७/७८ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा प्रिबजेट छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिनुभएको थियो । सोमबारको बैठकमा उहाँले बजेटको प्राथमिकताका विस्तृत पक्ष स्पष्ट पार्नुभयो ।

आगामी बजेटमा स्वास्थ्य र कृषि क्षेत्रमा लगानी बढाउँदै यी क्षेत्रलाई बलियो पारिने बताउँदै उहाँले कृषि उत्पादन बढाएर बजार र उपभोक्तासम्म जोड्नेतर्फ बजेट केन्द्रित हुने आश्वस्त गर्नुभयो । विदेशमा रहेका नेपाली फर्केर आउँदा ग्रामीण कृषिमा संलग्न गराएर रोजगारी र उत्पादन बढाउँदै आर्थिक समृद्धिको बाटोमा अगाडि बढ्न खोजिएको उहाँले स्पष्ट गर्नुभयो ।

उहाँले भन्नुभयो, “कृषकले आफ्नो उत्पादनको सही मूल्य पाउने अवस्था सिर्जना गर्न बजार र कृषि उत्पादनको माग बढाउन सक्नुपर्छ त्यसका लागि क्रय शक्ति बढाउने गरी बजेट ल्याउने छ । सन्तुलित विकास भनेको पनि यही हो । त्यसतर्फ बजेट परिलक्षित हुनेछ ।” ‘‘बजेटको सिद्धान्त र प्राथमिकताहरू समय सन्दर्भ, बदलिँदो विश्व परिस्थिति, नयाँ आकाङ्क्षा र आवश्यकताका आधारमा शैली र बाटो पनि परिवर्तन गर्दै जानुपर्ने छ,’’ उहाँले भन्नुभयो, “नयाँ परिवर्तित अवस्थाले प्राथमिकता फेरिएका छन् ।”

प्रदेश र स्थानीय तहलाई बलियो बनाउँदै लैजाने गरी साधन स्रोतको विनियोजन गर्ने र सङ्गठन संरचनालगायतका क्षमता विकास गरिने उहाँले स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “ती क्षेत्रहरू सेवा प्रवाहका आधारभूत क्षेत्रका रूपमा विकास गर्ने गरी आगामी आर्थिक वर्षको बजेट अघि बढ्नेछ ।” कोरोना महामारी, स्वास्थ्य सुरक्षा, राहत र जनआकाङ्क्षा पूरा गर्ने सन्दर्भमा प्रदेश र स्थानीय तहको भूमिका प्रखर रूपमा अभिव्यक्त भएको बताउँदै उहाँले भन्नुभयो, “त्यसले हामी सङ्घीयतामा गएको महìवको पुष्टि भएको छ ।” सीमा सुरक्षाको विषयलाई बजेटको प्राथमिकतामा नै सम्बोधन गरिएको चर्चा गर्दै उहाँले भन्नुभयो,

“सीमा सुरक्षाको सन्दर्भमा सरकार गम्भीर छ ।’’ कोरोना रोकथामका लागि गरिएको बन्दाबन्दीका कारण आर्थिक क्षेत्रमा असर पुगेको हुँदा केही आधारभूत आर्थिक क्षेत्रलाई चलायमान बन९ाउन लागिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नक्कली शरणार्थी प्रकरणमा १६ जना दोषीलाई सजाय, रायमाझीलाई ४ वर्ष कैद, खाँणलाई २ वर्ष

अमेरिकी मध्यस्थतामा इजरायल–लेबनान वार्ता पुनः सुरु, दक्षिण लेबनानबाट इजरायली फौज फिर्ता गर्ने रूपरेखा खोजिँदै

सम्बन्धित

आफ्नै संस्थाकी कर्मचारीलाई राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक नियुक्त गरेपछि अर्थमन्त्री स्वर्णिम वाग्ले विवादमा

आत्मदाह प्रयास गरेका विवेक मण्डलको उपचारका क्रममा मृत्यु

गेट छेकेर पार्किङ गर्नेहरूलाई ट्राफिकको जरिवाना, घटनामाथि प्रश्न यथावत्

सुनसरीमा विद्युत कार्यालय धरानको गाडी दुर्घटना, २ जनाको मृत्यु

देशभर अधिकांश स्थानमा मध्यमसम्मको वर्षा, सावधानी अपनाउन आग्रह

काठमाडौँका नदीमा बाढीको जोखिम, भोलि बिहानसम्म सतर्क रहन आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu