ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौंमा बस्ने बारपाक सुलिकोट गाउँपालीकाका नागरिकलाई राहत वितरण


एबीसी न्यूज
३० बैशाख २०७७, मंगलबार   १२ : ४०   बजे

काठमाडौँ, ३०  वैशाख। गोरखा बारपाक सुलिकोट गाउँपालिकाका काठमाडौमा विभिन्न पेशा व्यवसाय गर्ने नागरिकलाई गाउपालीकाले राहत वितरण गरेको छ । गोरखा बारपाक सुलिकोट गाउँपालीकाबाट काठमाडौमा पढ्ने बिधार्थी तथा मजदुरी गर्नुहुने समस्या परेकोहरूलाई र कोही गोरखाका नागरिकहरू भोक बस्न नपरोस भन्ने उदेश्यले राहत वितरण गरिएको हो ।

बारपाक सुलिकोट गाउँपालीकाको अध्यक्ष बिष्णु भट्ट को अनुरोधमा बारपाक सुलिकोटबाट काठमाडौं बस्नुहुने समाजसेवी राजनितिक केही युवाहरू मिलेर ब्यक्तिगतरूपमा पैसा उठाएर र केही साथीहरू संग सहयोग मागेर र चैत २८ गतेदेखि राहत वितरण गरेको युवा समाजेवी धिरज उपरकोटीले बताउनुभयो । उहका अनुसार एक परिवारलाई एक बोरा चामल जिरा मसिना २५ केजीको र ठुलो परिवारलाई दुई बोरा चामल तथा कोहीलाई ३० केजी को चामल, दुई किलो दाल, एक लिटर तेल, नुन, सोयावीन, कुनै परिवारलाई चिउरा सहित घरदैलोमै पुगेर वितरण गरिएको छ ।

सवारी साधनमै खाध्यन सामग्रीबोकेर चैत्र २८ गतेदेखी निरन्तररुपमा वितरण गरिएदै आएको समाजसेवी उपरकोटीले बताउनुभयो । चैत्र २८ गतेदेखि दैनिकी बैशाख ३० गते सम्म निरन्तर राहत वितरण गर्दै आएका छौं , गोरखा जिल्लाका अन्य गाउँपालीका निकै समस्या परेको परिवार, र गोरखा बाहेक नुवाकोट, जाजरकोट, खोटाङ, सिन्धुपाल्चोक, सिन्धुली, जुम्ला, रुकुम, मुगु ,पर्वत, आदि लगायतका जिल्लाका समस्या परेको परिवारलाई हरूलाई राहत खाद्यन्न सयोग गर्दै आएको छौ उहाले भन्नुभयो ।

साथै जनयुद्धका घाईते परिवार हरूलाई समेत सहयोग गरेको र बैशाख ३० गते सम्म ३ सय भन्दा बढी परिवारलाई खाद्यान्न सयोग गरिएको छ । राहत वितरण टोलिमा अनुप श्रेष्ठ, धिरज उपरकोटी, बिकास गुरुङ, सागर बरामको टोलीले चैतको २८ गते देखि दैनिकी निरन्तर गाडी लिएर सबैको डेरामा राहत सहित होम डेलिभरी गर्दै आएको टोलीका अनुप श्रेष्ठले बताउनुभयो ।

हाम्रो चाहना भनेको आफ्नो बारपाक सुलिकोट गाउँपालीकाबाट काठमाडौं आई पढ्ने बिधार्थी मजदुरी गर्नुहुने र अन्य पेशा व्यवसायगरी बस्नुहुने जोकोही पनि भोकै बस्न नपरोस भनेर यो अभियान चलाएको युवा नेता तथा समाजसेवी धिरज उपरकोटीले बताउनुभयो । काठमाडौंमा मनमैजु, गगंबु, भक्तपुर, ललितपुर, कलंकि, बालुवाटार, कपन, बुढानिलकण्ठ, हात्तीगौडा, बानियटार, रानिबन, नयाँबजार, असन,किर्तीपुर, पाटन, गोलढुङा लगाएत धेरै ठाउँहरूमा राहत वितरण गरेको समाजसेवी उपरकोटीले जानकारी दिनुभयो ।

उहाले हामीले सबैलाई एक बोरा चामल तेल नुन चिउरा दुई किलो दाल सोयावीन सहित बितरण गर्दै आएको छौ, हामीले राहत लिने हरूको फोटो सार्वजनिक गरेका गरिएको छैन र नाम पनि सार्बजनिक गरिएको छैन हामीले आन्तरिक रूपमा डाटा राखिएको छौ र फोटो पनि राखेको छौ र राहत वितरण गरेका छौ । यसरी लकडाउनले गर्दा समस्यामा परेका आफ्नो तथा अन्य जिल्लाका मानिहरुलाई सेवा गर्न पाउदा खुशिलागेको समाजसेवी धिरज उपरकोटी बताउछन् । यो लकडाउनको समयमा यो महामारीमा कोही पनि भोकै वस्नु नपरोस भन्ने उदेश्यले एउटा सानो टीम बनाएर राहत स्वरुप खाध्यन वितरण गरेको उपरकोटीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group