काठमाडौं, ३१ बैशाख । सरकारले कोरोना संक्रमण रोकथाम तथा सीमा समस्या समाधानका विषयमा छलफल गर्न बुधबार सर्वदलीय बैठक बोलाएको छ । आज दिउसो ४ स ३० बजे प्रधानमन्त्रीले बालुवाटारमा सर्वदलीय बैठक बोलाउनु भएको हो। उक्त बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै दलका प्रमुखहरू र पूर्व प्रधानमन्त्री ज्यूहरूलाई आमन्त्रण गरिएको प्रधानमन्त्रीको सचिवालये जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्