ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दश महिनामा ५६८ फर्मलाई जरिवानाः तीन करोड राजश्व


एबीसी न्यूज
१ जेष्ठ २०७७, बिहिबार   ३ : ५९   बजे


काठमाडौं, १ जेठ । बजार अनुगमनको जिम्मा पाएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दश महिनामा अनुचित व्यापारिक कारोबार गरेवापत ५६८ फर्मलाई जरिवाना गरेको छ । गत साउन १ गतेदेखि वैशाख मसान्तसम्ममा काठमाडौँ उपत्यका र बाहिर सञ्चालन भएका फर्मलाई उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम कारवाहीस्वरुप जरिवाना गरिएको जनाइएको छ ।

विभागका सूचना अधिकारी रवीन्द्र आचार्यका अनुसार उपत्यकाका ४७० र बाहिरका ९८ फर्मबाट कारवाहीस्वरुप रु दुई करोड ८९ लाख ७ हजार राजश्व संकलन भएको छ । उहाँका अनुसार काठमाडौंँ उपत्यका र उपत्यका बाहिर बजार अनुगमनका क्रममा विभिन्न फर्म तथा उद्योगलाई कारवाही गरी जरिवाना तिराइएको हो । विभागको तथ्यांकानुसार दश महिनामा बजार अनुगमका क्रममा खान अयोग्य तथा म्याद सकिएका रु एक करोड ५५ लाख ४३ हजार ३०३ बराबरको खाद्य सामग्री तत्काल नष्ट गर्ने वा सम्बन्धितकहाँ फिर्ता गर्न लगाइएको थियो ।

त्यस्तै अनुगमनका क्रममा ४२९ फर्म सामान्य अवस्थामा रहेको तथा ६४२ फर्ममा सामान्य कैफियत भएको र तत्कालै सुधार गर्न निर्देशन दिइएको थियो । सूचना अधिकारी आचार्यका अनुसार १४३ फर्मलाई आवश्यक कागजातसहित स्पष्टीकरणमा बोलाइएकोे थियो । सोमा उपत्यकाका १३७ र बाहिरका ६ छन् । तिनमा उपत्यकाकाका लकडाउन अवधिका नौ फर्म छन् । त्यस्तै दश फर्मबाट परीक्षणका लागि वस्तुको नमूना लिइएको र ६ फर्मको कारोबार रोक्का गरिएको जनाइएको छ ।

६४ फर्मलाई जरिवाना

सरकारले गत गत चैत ११ गतेदेखि शुरु गरेको लकडाउन अवधिमा अनुचित व्यापारिक कारोबार गरेको भन्दै विभागले ६४ फर्मलाई जरिवाना गरेर रु ८६ लाख २५ हजार राजश्व संकलन गरेको छ । बन्दाबन्दी मौका छोपी खाद्य र पेट्रोलियम पदार्थ, स्वास्थ्य सामग्री तथा मासुजन्य पदार्थको बिक्रीवितरणमा बढी मूल्य लिएको भन्दै विभागले ती फर्मलाई कारवाहीस्वरुप जरिवाना गर्ने गरेको छ ।

लकडाउन अवधिमा काठमाडौँ उपत्यकामा सञ्चालित विभिन्न अस्पतालले उपभोक्ताबाट बढी शुल्क लिने गरेको भन्दै स्वास्थ्यकर्मीका साथमा अस्पतालको समेत अनुगमन गरिँदै आएको छ । लकडाउन अवधिमा उपभोक्ताबाट गुनासो आएको भन्दै विभागले ठमेलस्थित मनमोहन मेमोरियल अस्पताललाई रु दुई लाख ५० हजार र थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटललाई आवश्यक कागजसहित लिखित जवाफ माग गरेको थियो ।

विभागले टोल फ्री नम्बर ११३७ मा आएको उपभोक्ताको गुनासोलाई आधार बनाएर दैनिक बजार अनुगमन गर्दै आएको छ । चार वर्षदेखि नै टोल फ्री नम्बर सञ्चालन गर्दै आएको भए तापनि लकडाउन अवधिमा धेरै गुनासो आएको विभागका अधिकारी बताउँछन् । बिहान ८ देखि बेलुका ८ बजेसम्म विभागले उक्त नम्बरमा आएको गुनासो सम्बोधन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group