ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारले यसअघि भनेको र देखाएको सपना पुरा गरेको भन्दै सरकार अग्नि परीक्षामा खरो उत्रिएको सांसदहरुको दाबी


एबीसी न्यूज
५ जेष्ठ २०७७, सोमबार   १२ : २९   बजे

काठमाडौं, ५ जेठ । राष्ट्रियसभाकोे बैठकमा सत्तापक्षका सांसदहरुले सरकारको नीति तथा कार्यक्रमको बचाउ गरेका छन् भने विपक्षी दलले सुधारको माग गरेका छन् । सोमबारको राष्ट्रियसभाको बैठकमा आगामी बर्षका लागि सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुदै सत्तापक्षका सांसदहरुले नीति तथा कार्यक्रमको स्वागत गरेका छन् ।

उनीहरुले मुलुकको आवश्यकता अनुसार कार्यक्रम आएको भन्दै सरकारको बचाउ गरेका छन् । तर विपक्षी दलका सांसदहरुले भने कोरोनाले प्रभावित भएको जनताको जनजीवन उकास्ने तथा शिथिल बनेको अर्थतन्त्र उकास्ने कार्यक्रम आउन नसकेको भन्दै सुधारको आवश्यकता औल्याएका छन् । नेकपाका राष्ट्रियसभा सदस्य खिमलाल भट्टराईले नीति र कार्यक्रम सामुहिक रुपमा प्रस्तुत भएको,राष्ट्रको आवश्यकता तथा जनताको चाहाना र सपनालाई सम्बोधन गरेको भन्दै सरकारको बचाउ गर्नुभयो ।

सरकारले यसअघि भनेको र देखाएको सपना पुरा गरेको भन्दै उहाँले नेपाल सरकार अग्नि परीक्षामा खरो उत्रिएको दाबी गर्नुभयो । सरकारले कयौ विकास निर्माणका काम संगै समाजवाद प्रति प्रतिवद्धता जनाएको , राष्ट्रिय स्वाधिनताको पक्षमा बोलेको भन्दै नीति तथा कार्यक्रमको प्रशंम्सा गर्नुभयो । उहाँले भारतीय सेना प्रमुखले दिएको अभिव्यक्तिले नेपाली जनताको अपमान गरेको भन्दै निन्दा एंवम् भत्र्सना गर्नुभयो ।
नेपाली कांग्रेसकी राष्ट्रियसभा सदस्य तारादेवी भट्टले लकडाउनपछि शिथिल बनेको अर्थतन्त्र उकास्ने किसिमका आर्थिक पुर्नसंरचनाको कार्यक्रम ल्याउन नसकेको टिप्पणी गर्नुभयो ।

नीति तथा कार्यक्रममा समावेश गरिएका कार्यक्रमले भ्रष्टाचारलाई बढाउने त होइन भन्ने प्रसस्त आधार देखिएको भन्दै उहाँले शहरकेन्द्रीत नभई स्थानीय निकायलाई शक्तिशाली बनाउने तर्फ बजेट केन्द्रीत गर्नुपर्ने धारणा राख्नुभयो । कृषि उत्पादनलाई दोब्बर बनाउने भनिएपनि मलखाद तथा सिंचाईको व्यवस्था मिलाउने तर्फ कार्यक्रम समावेश नभएको, श्रमिक बजारको लिस्ट बनाउने भनिएको भएपनि श्रमलाई नीतिमा रुपान्तरण कसरी गर्ने भन्ने दृष्टिकोण नआएको बताउनुभयो ।

लकडाउनका कारण सर्वसाधरणको दैनिकी संगै मुलुकको आर्थिक क्षेत्र नराम्रोसंग प्रभासिवत भएको भन्दै उहाँले तत्काल राहत प्याकेज तथा आर्थिक पुर्नसंरचनाको प्याकेज ल्याउनुपर्नेमा जोड दिनुभयो । उहाँले सरकारले मुख्य रुपमा आर्थिक र स्वास्थ्य क्षेत्रमा परेको असरलाई सम्बोधन गर्नुपर्ने सुझाव दिनुभयो । उहाँले लिपुलेक र लिम्पीयाधुरा मात्रै नभई मुलुकभरका सिमा नाका मिचिने अवस्था रहेको भन्दै दीर्घकालिन सिमा सुरक्षामा प्रतिवद्ध हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले सिमाको विषयलाई लिएर नेपाल र नेपालीका बारेमा भारतीय सेना प्रमुखले दिएको अभिव्यक्ति गैह्जिम्मेवारपुर्ण भएको भन्दै भत्र्सना गर्नुभयो । त्यसैगरी नेकपाका राष्ट्रियसभा सदस्य जगप्रसाद शर्माले नीति तथा कार्यक्रमले मुलुकका समस्या सम्बोधन गर्ने गरि आएको भन्दै समर्थन गर्नुभयो । जनतालाई राहत, रोजगार, कृषि प्रवद्र्धन तथा लोकतन्त्रको सम्र्बद्धन संगै सिमा विवादको सन्र्दभमा आफ्नो भूमि राखेर नक्सा सार्वजनिक गर्ने विषय समेत कार्यक्रममा समावेश भएको भन्दै प्रशंसा गर्नुभयो ।

राष्ट्रियसभा सदस्य दिल कुमारी रावल पार्वति ले नीति तथा कार्यक्रमको समर्थन गर्नुभयो । अहिले आमनागरिकको जीवन रक्षा र स्वास्थ्य उपचार र निरोगी नागरिक बनाउनु नै राज्यको मुख्य दायित्व भएको भन्दै त्यसतर्फ सरकारका कार्यक्रम उन्मुख भएको भन्दै स्वागत गर्नुभयो । उहाँले स्वदेशमा रहेका र विदेशबाट फर्किएका लाई रोजगार प्रदान गर्ने तर्फ तर्फ सरकारको ध्यान जानुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group